sagoon advert

म्याग्दीमा खुल्यो 'धौलागिरि सेन्चुरी ट्रेक', चार हजार मिटर उचाइको पदमार्ग ७ दिनको हुने




काठमाडौं। म्याग्दी जिल्लामा 'धौलागिरी सेन्चुरी ट्रेक' नयाँ पदमार्ग खुलेको छ। धौलागिरी हिमाल प्रथमको दक्षिणी आधार शिविरसम्म पुग्ने याे नयाँ पदमार्ग पहिचान गरिएको हो।

म्याग्दी उद्योग वाणिज्य संघको पहलमा सातदिन लामो नयाँ पदमार्ग खुलाएको संघका अध्यक्ष जीवनवहादुर विश्वकर्माले बताए।

म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारबाट झीं, पाखापानी, रायखोर, घ्यासिखर्क, छरी, फेदी, सहस्र भीर, ओडार क्याम्प हुँदै धौलागिरि आधारशिविर पुगेपछि फर्केर छरी, घ्यासिखर्कबाट चिमखोला, दर्मिजा, दग्नाम हुँदै गलेश्वर मन्दिर भएर बेनीबजारसम्म पदयात्रा गर्न सकिन्छ ।

काठमाडौंबाट पदयात्रामा निस्कनेहरुले बेनी, झीं, घ्यासिखर्क, फेदी, ओडार क्याम्प, आधारशिविर र दग्नाममा बास बस्नुपर्ने हुन्छ ।

घ्यासिखर्क, बेनी र फेदीमा आउँदा र जाँदा नै रात बिताउनु पर्छ ।
बिहीबार उक्त पदमार्गको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीन बहादुर श्रेष्ठले एक कार्यक्रमका विचमा सुरुवात गरे।

उद्घाटन कार्यक्रमका अवसरमा नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा संघले धौलागिरी पदमार्गमा खिचिएका तस्बिर तथा भिडियोको समेत प्रदर्शनी गरेको थियो।


धेरै पर्यटकले छोटो दुरीका पदमार्गको खोजी गरिरहेको अबस्थामा धौलागिरि सेन्चुरी पदमार्ग चाँडै लोकप्रिय हुने पर्यटन बोर्डका सिइओ दिपकराज जोशीले बताए। काठमाडौंबाट बेनीसम्म बसमा आउजाउ गर्न दुई दिन लाग्छ भने पदयात्रा गर्न ७ दिन लाग्ने जनाइएको छ।

नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्स्जि एशोसियसन अफ नेपाल (टान), गाउँ पर्यटन प्रवर्धन मञ्च नेपाल, गैरआवासिय म्याग्देलीको संस्था मोना, पदमार्गको झीँ गाउँ, जिविस म्याग्दी र हिमालयन म्याप हाउस लगायतले सघाएको संघका अध्यक्ष विश्वकर्माले बताए।

यो नयाँ पदमार्गको छरीसम्म बस्ती छ । शिकारी, गोठाला र यार्सागुम्बा टिप्न जानेहरुले हिँड्ने गोरेटो पच्छ्याउँदै नयाँ पदमार्ग अध्ययन गरिएको अध्येता सुरेन्द्र रानाले बताए। यो पदमार्ग पदमार्ग ४ हजार मिटर उचाइमा छ ।
 
संघले हिमालयन म्याप हाउससँगको सहकार्यमा धौलागिरि सेन्चुरी ट्रेकको नक्सा, र पोस्टर प्रकाशन गरिसकेको जनाएको छ।

Share this Story

   

म्याग्दीमा खुल्यो 'धौलागिरि सेन्चुरी ट्रेक', चार हजार मिटर उचाइको पदमार्ग ७ दिनको हुने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.