नेपाल लाइफमा आस्वा नलाग्ने भयो, एफपिओ किन्नेहरु पनि गत बर्षको नाफामा सहभागी हुन पाउने

बिजमाण्डू
२०७३ पुष २२ गते ११:१९ | Jan 6, 2017
नेपाल लाइफमा आस्वा नलाग्ने भयो, एफपिओ किन्नेहरु पनि गत बर्षको नाफामा सहभागी हुन पाउने

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सको एफपिओ पुस २७ गतेबाट खुलेर माघ १० गते बन्द हुँदैछ। नेपाल धितोपत्र बाेर्डले माघ १ गतेबाट आस्वा (एप्लिकेसन सपोटेड बाई बल्कड एमाउन्ट) लागू गर्दैछ।
 
माघ १० गते दरखास्त बन्द हुने भएकाले कम्पनीको शेयरमा आस्वा लागू हुन्छ कि हुँदैन? लगानीकर्ताहरु दुबिधामा देखिएका छन्।
 
धितोपत्र बाेर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले नेपाल लाइफले पुस २७ बाटै शेयर जारी गर्ने भएकाले आस्वा लागू नहुने बताए।  कम्पनीको शेयरका लागि कम्तिमा १० कित्ता र अधिकतम ३० हजार ९६० कित्ताका लागि आवेदन दिन सकिन्छ।
 
एफपिओपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ४७ करोड ७१ लाख रुपैयाँ पुग्ने छ। कम्पनीले १०० रुपैयाँको अंकित मूल्यमा १३ सय २५ रुपैयाँ प्रिमियम थपेर सेयर निस्कासन गर्न लागेको हो।
 
कम्पनीले शेयर संरचना परिवर्तन गर्नकालागि मात्र एफपिओ जारी गरेकाले नयाँ लगानीकर्ताका रुपमा भित्रिएकाहरुले पनि गत आर्थिक बर्षको मुनाफामा सहभागी जनाउन पाउने छन्।
 
'बुक क्लोज नभइसकेको अवस्थामा लगानीकर्ता नयाँ र पुरानो भन्ने हुँदैन' कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले भने, 'अहिले हामी साधारणसभा गर्नका लागि वित्तीय विवरणलाई अन्तिम रुप दिने तयारीमा जुटिरहेका छौं।'

Tata
GBIME
Nepal Life