Snickers

मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व, रक्तदान र सुझाव पेटिका बाँड्यो




पाेखरा। मुक्तिनाथ विकास बैंकले अाफ्नाे ११औं वार्षिकोत्सवमा रक्तदान गरेकाे छ । पोखराको पृथ्वीचोकमा केन्द्रीय कार्यालय रहेको बैंकले
सामाजिक उत्तरदायित्व अन्तर्गत बृहत रक्तदान कार्यक्रम  गरेको हाे।

बैंकको केन्द्रीय कार्यालयमा भएकाे रक्तदानमा ७० युनिट रगत संकलन गरी नेपाल रेडक्रस सोसाइटी, कास्कीलाई हस्तान्तरण गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत भरत राज ढकालले बताए ।

बैंकले पोखरा उपमहानगरपालिकालार्इ ३० थान सुझाव तथा गुनासो पेटिका समेत उपलब्ध गराएकाे छ । नगर बालमञ्चको पहल र पोखरा उपमहानगरपालिकाको संयोजनमा पोखरा उपमहानगरपालिका अन्तर्गत रहेका २९ वटा वडा तथा उपमहानगरपालिकाका ३० वटा कार्यालयहरुमा यि सुझाव तथा गुनासो पेटिका राखिने बताइएकाे छ । सुझाव पेटिकामा नागरिकले अाफ्ना गुनासा तथा सुझावहरू लेखेर राख्न सक्नेछन् ।



Share this Story

   

मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व, रक्तदान र सुझाव पेटिका बाँड्यो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.