सिप्रदी ट्रेडिङ्गले ल्यायो च्यासिस एयर सस्पेन्सन युक्त एलपीओ बस, १३३ हर्ष पावरको इन्जिन





काठमाडौं । टाटा मोटर्सका लागि नेपालको एक मात्र आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङ्गले च्यासिस एयर सस्पेन्सन युक्त एलपीओ १५१२/५५ नयाँ बस बजारमा ल्याएको छ।
 
१०.७ मिटर लामो यस च्यासिसमा टाटा क्युमिन्स टर्वोचार्जड इन्टरकुल्ड डिजेल इन्जिन जोडिएको छ। १३३ हर्ष पावरको इन्जिन भएको यस बसमा वाईड बडी च्यासिस र एयर सस्पेन्सन छ भने बसमा ४० रिक्लाइनिङ सिट छ।
 
नयाँ बसले उच्च कार्यक्षमतामा काम गर्ने र यसले आरामदायी यात्राको ग्यारेण्टी गर्ने कम्पनीको दावी छ। बसमा १०ः००–२०ः०० साईजको रेडियल टायर जडान गरिएको छ यसले शहर भित्र र शहर बाहिर सुरक्षित यात्राका लागि उपयोगी भएकाे कम्पनीले जानकारी दिएको छ।
 
१३३ हर्ष पावरको ईन्जिन, ४९० न्युटन मिटरको टर्क, २५३ मिलिमिटरको क्लच प्लेट र जी-६०० गियर बक्स जस्ता विशेषताले अप्ठ्यारा र पहाडी क्षेत्रमा पनि बसले सहज रुपमा भार बहन गर्ने कम्पनीले जारी प्रेस विज्ञप्तीमा छ। 

२४ वटा भन्दा बढी सेवा केन्द्र भएको सिप्रदी नेपालकै सबैभन्दा व्यापक बस र ट्रकको बिक्री पछिको सेवा सञ्जाल भएको कम्पनी भएको दावी गरेको छ। कम्पनी गाडीमा तीन वर्ष वा तीन लाख किलोमिटर सम्मको वारेन्टी उपलब्ध छ । 
 


Share this Story

   

सिप्रदी ट्रेडिङ्गले ल्यायो च्यासिस एयर सस्पेन्सन युक्त एलपीओ बस, १३३ हर्ष पावरको इन्जिन को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.