Snickers

टाटाको टियागोले पायो तीन अर्वाड, 'सर्वोत्कृष्ट ह्याचब्याक'काे उपाधी समेत जित्यो


काठमाडाैं। टाटाकाे टियागाे विभिन्न विधाहरुमा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएकाे छ ।स्पोर्टी ह्याचब्याक कारकाे रूपमा बजारमा अाएकाे टाटा टियागोले हालै  सि.एन.बि.सि.–टि.भि. १८ ओभरड्राइभ अवार्ड २०१६ मा “कम्प्याक्ट कार अफ द इयर” त्यसैगरि अटो पोर्टल बेस्ट कार अवार्ड २०१६ मा “बेस्ट ह्याचब्याक अफ द इयर” र एन.डि.टि.भि. कार एण्ड बाइक अवार्ड २०१६ मा “इन्ट्री ह्याचब्याक अफ द इयर” अवार्डहरु हात पार्न सफल भएको कम्पनीले प्रेस विज्ञप्तिमार्फत जनाएकाे छ ।



उक्त अवार्ड वितरण कार्यक्रममा टाटा टियागोको पर्फमेन्स र ड्राभिङ्ग डाइनामिक्स सम्बन्धी सम्पूर्ण पक्षहरुको चर्चा भएको थियो ।अत्याधुनिक डिजाइन सहित डाइनेमिक ड्राइभिङ्ग सुविधायुक्त टाटा टियागोले उक्त वर्गको उत्कृष्ट उत्पादनको प्रतिनिधित्व गर्दछ । टियागाेलार्इ आकर्षक बडी विथ सार्प लाइन, सिग्नेचर हेग्जागन ग्रिल र नयाँ बहुमुखी विशेषताहरुसहितकाे मानिएकाे  विज्ञप्तिमा जनाइएकाे छ ।

यसकाे  इन्टेरियर अत्याधुनिक भएको  र सिटी र इको जस्ता मल्टी ड्राइभ मोडले फ्यूल इकोनोमी कायम राख्ने बताइएकाे छ । यसले उत्कृष्ट ड्राइभिङ्गको अनुभव प्रदान गर्ने कम्पनीले दावी गरेकाे छ ।

Share this Story

   

टाटाको टियागोले पायो तीन अर्वाड, 'सर्वोत्कृष्ट ह्याचब्याक'काे उपाधी समेत जित्यो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.