Snickers

टोयोटाको नयाँ शोरुम कुपण्डोलमा, बच्चाकालागि खेल्ने ठाँउ सहित अन्तराष्ट्रिय स्तरकाे सुबिधा






काठमाडौं । टोयोटाको गाडीहरुको नयाँ शोरुम ललितपुरको कुपण्डोलमा संचालनमा आएको छ ।

शोरुमको  टोयोटा गाडीका नेपालकालागि एक मात्र आधिकारिक बितरक युनाइटेड टेडर्स सिण्डिकेटका उपाध्यक्ष सुरज बैद्य र प्रबन्ध निर्देशक रितुसिंह बैद्यले संयुक्त रुपमा उद्घाटन गरे । 

उक्त अवसरमा नयाँ गाडी खरिद गर्ने ७ जना ग्राहकलाई साँचो हस्तान्तरण समेत गरियो । टोयोटा गाडी बिक्री गर्दै आएको इष्टलिंक मोर्टस प्रालिले उक्त शाखा शनिबारदेखि संचालनमा ल्याएको हो ।

नयाँ शाखामा टोयोटाका विभिन्न मोडलका गाडीहरु खरिद गर्न सकिनेछ । कम्पनीले नयाँ शाखा स्थापना गरेको उपलक्ष्यमा टोयोटा गाडी खरिदकर्ताहरुका लागि विशेष सुविधा तथा अफरहरु पनि दिने कम्पनीले जनाएकाे छ ।

यो शोरुम अन्र्तराष्ट्रिय मापदण्ड अनुसारको रहेकाे कम्पनीले दावी गरेकाे छ । शाेरुममा बालबालिकाका लागि खेल्ने ठाँउ समेत निर्माण गरिएको छ ।
यस शोरुमबाट ग्राहकले प्राडो, र्याफो, हाइलक्स लगायतसबै किसिमका टोयोटा उत्पादनहरु खरिद गर्न सक्ने कम्पनीले जनाएकाे  छ ।






Share this Story

   

टोयोटाको नयाँ शोरुम कुपण्डोलमा, बच्चाकालागि खेल्ने ठाँउ सहित अन्तराष्ट्रिय स्तरकाे सुबिधा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.