डेपुटी गभर्नर भन्छन्- मुलुकलाई समृद्धि पार्न कृषि कर्जा प्रोत्साहन, कृषि कर्जाको सीमा बढाउने

रासस
२०७३ मंसिर २५ गते १४:४२ | Dec 10, 2016
म्याग्दी । नेपाल राष्ट्र बैँकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले मुलुकको समृद्धिका लागि कृषि कर्जालाई प्रोत्साहन गरिएको बताएका छन्। 
 
नेपाल बैँक, म्याग्दी शाखाले शनिबार बिहान सदरमुकाम बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने – कृषि क्षेत्रमा लाग्नेलाई प्रोत्साहन गर्न कृषि र विपन्न वर्ग कर्जालाई सरलीकरण गर्ने अभियानमा राष्ट्र बैँक लागेको छ। 
 
नेपालमा उद्योग भन्दा कृषि क्षेत्रमा बढी सम्भावना देखिएकाले उनले बताए। ‘कृषि क्षेत्रको व्यवसायीकरण गर्न सस्तो ब्याजदरमा कृषि र विपन्न कर्जा दिने गरिएको हो, उनले भने- यो क्षेत्रमा हरेकवर्ष लगानी बढाउने नीति ल्याइएको छ।’

Tata
GBIME
Nepal Life

अहिले एक करोड रुपैयाँसम्मको कर्जालाई मात्रै कृषि कर्जा मान्ने गरिएकोमा अब त्यस्तो सीमा हटाउन कार्यविधि संशोधनको तयारी उनले जानकारी दिए।