१० कित्ता भन्दा कम सेयर पनि अब हरेक दिन कारोबार हुने, राफसाफ बैंक थप गर्ने प्रक्रिया अघि बढ्यो

बिजमाण्डू
२०७३ मंसिर २४ गते १७:५० | Dec 9, 2016

काठमाडौं। १० कित्ता भन्दा कम सेयर खरिद बिक्रि गर्न अब शुक्रबार पर्खिनु नपर्ने भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एक महिना भित्रै यस्तो व्यवस्था गरि सक्ने जनाएको छ।

Tata
GBIME
Nepal Life

१० कित्ता भन्दा कम सेयर हुनेले दिनहुँ कारोबार गर्ने व्यवस्था मिलाउन सिस्टम अपडेटको काम भइ रहेको नेप्सेले जनाएको छ।   

लगानीकर्ताले लामो समय देखि दैनिक सानो कित्ता सेयर कारोबार गर्ने व्यवस्था मिलाउन नियमन निकायलाई आग्रह गर्दै आएका थिए।

नेप्सेले बिज्ञप्ती मार्फत राफसाप तथा फर्छ्यौटलाई थप चुस्त बनाउन राफसाफ बैंक थप गर्ने प्रक्रिया अघि बढेको पनि जनाएको छ। यसका लागि सिडिएसले सिस्टममा आवश्यक परिमार्जन गरि परिक्षण थालेको जनाइएको छ।