फागुन १९ र २० गते काठमाडौंमा लगानी सम्मेलन हुने, विश्वभरका तीन सय लगानीकर्ता सहभागी हुने

बिजमाण्डू
२०७३ मंसिर २४ गते १६:२० | Dec 9, 2016
काठमाडौं।उद्योग मन्त्रालयले फागुन १९ र २० गते काठमाडौंमा लगानी सम्मेलन गर्ने भएको छ।नेपाललार्इ लगानी गन्तब्य मुलुकको रुपमा चिनाउन यो सम्मेलन गर्न लागिएको हो।

Tata
GBIME
Nepal Life

उद्योगमन्त्री नवीन्द्रराज जोशीको अध्यक्षतामा भएको बैठकमा सम्मेलनका लागि आवश्यक तयारीका बारेमा छलफल भएको हो। 'हार्नेसिङ इन्भेष्टमेन्ट अपरच्युनिटी इन नेपाल' दिइएको नारा दिइएको सम्मेलनमा तीन सय अन्तर्राष्ट्रिय लगानीकर्ता सहभागी हुने मन्त्रालयले जनाएको छ।

सम्मेलनमा उर्जा तथा पूर्वाधार,सूचना तथा सञ्चार प्रविधि,पर्यटन,वित्तिय क्षेत्र,खानी तथा खनिज र कृषि प्रशोधन लगायतका क्षेत्रमा छलफल हुने मन्त्रालयले जनाएको छ।