काठमाडौं।सिप्रदी ट्रेडिङले नैकापमा टिपर मेला गर्ने भएको छ।शुक्रबार र शनिबार हुने मेलामा टाटा मोटर्सको अत्याधुनिक टिपर अवलोकन गर्न पाइने कम्पनीले जनाए छ। कम्पनीका अनुसार पूरानो टिपर ल्याएर नयाँ साट्न पाइनेछ।
पुराना गाडीहरुको चेक जाँच र खरिद गर्ने, नयाँ टिपरहरुका लागि अन द स्पट फाइनान्स र बीमा सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ। निशुल्क प्रवेश सुविधा रहेको मेलामा मनोरञ्जनात्मक कार्यक्रम समेत हुने कम्पनीले जनाएको छ।