मधेसका जनतालाई पानीमा यसरी दु:ख दिन थाल्यो भारतीय पक्षले, सम्झौता अनुसार काम भएन

बिजमाण्डू
२०७३ मंसिर २० गते ११:३० | Dec 5, 2016
मधेसका जनतालाई पानीमा यसरी दु:ख दिन थाल्यो भारतीय पक्षले, सम्झौता अनुसार काम भएन

वीरगन्ज। पर्सा, बारा, रौतहटसम्म बग्ने गण्डक नहरमा दुई महिनायता पानी आएको छैन। भारतीय पक्षले रामनगर क्षेत्रमा नहरमर्मत गराई रहेको भन्दै पानी रोकेको छ।

Tata
GBIME
Nepal Life

गण्डक नहर मुख्य कार्यालय रामनगरका अधिकारीहरुले हरेक वर्ष सम्झौता भएको म्याद बिताएर नै नेपालमा पानी छाडने गरेको नारायणी सिँचाई डिभिजन नं ५ कार्यालय पर्साका सुपरभाईजर हरेन्द्र पटेल बताउँछन्।

भारतीय पक्षको उदासिनताको काराण हरेक वर्ष नेपाली किसानको बालीनाली प्रभावित हुने गरेको उनको भनाई छ। ‘एउटा त समयमा पानी दिदैनन् ,अर्को कम पानी छाडने गरिन्छ’, उनले भने ।

गण्डक नहरमा धानबाली र गँहु बालीको लागि वर्षमा दुई पटक पानी आउँछ । अगामि २५ डिसेम्बरदेखि गण्डक नहरमा पानी छाड्ने नेपाल सरकारको भारतीय पक्षसंग सम्झौता छ ।

तर यस वर्ष पानी जनवरी  दास्रो सातादेखि छाड्ने योजना भारतीयहरुको छ। ८५० क्यूसेक प्रति सेकेन्डको वेगमा पानी आउने सम्झौता भएतापनि मुस्किलले ६ क्यूसेक प्रति सेकेन्ड नहरमा पानी आउने गरेको नारायणी सिचाई डिभिजन नं ५ कार्यालयका इन्जिनियरहरु बताउँछन् । भारतीय पक्षले पानी समयमा नछाडदा पर्सा, बारामा लागाइने हजारौ हेक्टरका बालीहरु प्रभावित हुने गरेका छन् । यसरी समयमा बाली सिचिँत नहुँदा बालीको उत्पादन पनि घट्ने गरेको किसान अगुवाहरुले बताएका छन् ।

गण्डक नहरको लम्बाई विहारको रामनगरदेखि रौतहटसम्म करिब ८१ किलोमिटर छ। नहर भौतिक सरचना रौतहट, बागमति नदिसम्म भएतापनि पानी बारासम्म मात्र पुग्छ।

पानी रौतहटसम्म जादैन । जिल्ला कृषि विकास कार्यालय पर्साका प्राविधिक सहायक महेन्द्र कुशवाहाका अनुसार एक सातामै पर्साका गँहुबाली सिचाँई गर्न भइहाल्छ । तर गण्डक नहरमा ढिलो आउने पानीले किसानले समयमा बाली सिचाँई गर्न पाउदैनन ।जसले उत्पादकत्वमा ह्रास आउने उनको अनुमान छ।

पर्सामा यसपाली करिब २६ हजार हेक्टरमा गँहुबाली लगाईदैछ ।जस मध्ये गण्डक नहरको दक्षिणी क्षेत्रका गाविसहरुका किसान पुरै गण्डक नहरको पानीमा आश्रित हुन्छन भने उत्तरी क्षेत्रका किसानहरु आकाशे पानी र भूमिगत जलस्रोत सिचाँईबाट बालनाली सिचाँई गर्दै आएका छन् । पर्सामा करिब १७ हजार हेक्टर जग्गामा गँहुबाली लगाउने किसान गण्डक नहरको पानीको भरमा खेती गर्छन्।

त्यस्तै गण्डक नहरको पानीले बाराका करिब १५ हजार हेक्टर जग्गा सिचिँत हुने जिल्ला कृषि विकास कर्यालयका प्राविधिक सहायक राजबशी चौरसियाले बताए ।

पर्सा, बाराका किसानहरुले गण्डक नहर मुख्य कार्यालय रामनगर भारतको अधिकारीसंग नेपाल सरकाले यथासिघ्र सवाद थाली समस्या समाधानको लागि पहल गरिदिन आग्रह गरेका छन् ।