नेशनल बैंकिङ ईन्ष्टिच्युटले दियो बीमा समितिका कर्मचारीलाई तालिम, २१ कर्मचारी प्रशिक्षित

बिजमाण्डू
२०७३ मंसिर १९ गते १८:३१ | Dec 4, 2016
नेशनल बैंकिङ ईन्ष्टिच्युटले दियो बीमा समितिका कर्मचारीलाई तालिम, २१ कर्मचारी प्रशिक्षित
काठमाडौँ । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटले बीमा समितिका कर्मचारीलाई ‘टिम बिल्डिङ एन्ड मोटिभेसन’ तालिम प्रदान गरेको छ। 
 
ईन्ष्टिच्युटले बीमा क्षेत्रको नियामक निकायका कर्मचारीलाई पहिलो पटक तालिम प्रदान गरेको हो। १७ र १८ मंसिरमा सम्पन्न तालिमको उद्घाटन समितिका अध्यक्ष प्रा. डा. फत्तबहादुर केसी लगायत सञ्चालकहरुको उपस्थितिमा भएको थियो। 

Tata
GBIME
Nepal Life


 

तालीममा समितिको बिभिन्न तहमा कार्यरत २१ जना कर्मचारी सहभागि थिए। तालिमका सहभागीलाई स्वागत गर्दै ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सन्जिव सुब्बाले शैक्षिक योग्यता र अनुभव भन्दा पनि अनुशासन र ईमान्दारिता महत्वपूर्ण हुने बताए।
 
समितिका अध्यक्ष केसीले तालीमले संस्थाको मानव संशाधन विकासमा उल्लेख्य भूमिका खेल्ने विश्वास व्यक्त गरे। 
 
ईन्ष्टिच्युटले आगामी दिनमा समितिसँगको सहकार्यमा बीमा कम्पनीका कर्मचारीका लागि पनि तालीम सञ्चालन गर्ने अवसर पाउने विश्वास लिएको जनाएको छ।