नेपाली प्रविधिबाट मिथेन ग्यासको परीक्षण उत्पादन,व्यवसायिक प्रयोगमा ल्याउन सकिने

बिजमाण्डू
२०७३ कात्तिक ५ गते १७:२३ | Oct 21, 2016

काठमाडौं। नेपाली प्रविधिबाट र्इमाडोलमा रहेको मिथेन ग्यासको परीक्षण उत्पादन सुरु भएको छ। पुल्चोक र थापाथली ईन्जिनियरिङ कलेजका विद्यार्थीले बनाएको प्रविधिबाट मिथेन ग्यासको परीक्षण उत्पादन गरिएको हो।

विद्यार्थीले तयार पारेको मोबाइल प्लान्टबाट ग्यास भरेर प्रयोगमा ल्याउन सकिन्छ।उद्योगमन्त्री नवीन्द्रराज जोशीले मिथेन ग्यासको परीक्षण उत्पादन सुरु हुनु सकारात्मक भएको बताउँदै छिट्टै व्यवसायिक उपयोगमा लगिने बताए। उनले अर्को वर्ष टेकुमा मिथेन ग्यासको परीक्षण गर्ने जानकारी दिए।

Tata
GBIME
Nepal Life

२०७२ सालमा डिलिङ भएको ईमाडोलबाट ग्यासको परीक्षण उत्पादन सुरु भएको खानी तथा भुगर्भ विभागका महानिर्देशक राजेन्द्र प्रसाद खनालले बताए। कलेजका विद्यार्थीले मोबाइल ग्यास प्लान्ट तयार गरेका छन्।यो मोवाईल प्लान्ट ५०० लिटर पानी अट्ने क्षमताको मात्र हो। यो परीक्षण सफल भएमा  ठूलो प्लान्ट बनाएर अपार्टमेन्टमा राख्न सकिन्छ।