राष्ट्र बैंकले देख्यो अर्थतन्त्र सुधारको संकेत, चार बुँदामा भन्यो- आर्थिक गतिविधि सकारात्मक

बिजमाण्डू
२०७३ कात्तिक ५ गते १५:३८ | Oct 21, 2016

काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्थतन्त्रमा सुधार आउने जनाएको छ । चार वटा तथ्यहरु सार्वजनिक गर्दै राष्ट्र बैंकले अर्थतन्त्रमा सुधार आउने प्रक्षेपण गरेको हो । भदौसम्मको देशको आर्थिक अवस्थाका बारेमा जानकारी दिँदै उसले आगामी दिन कस्ता हुन्छन् भनेर प्रक्षेपण गरेको हो ।

Tata
GBIME
Nepal Life

१. भदौ महिनासम्म देशको धेरैजसो भूभागमा पर्याप्त बर्षा हुनुका साथै कृषिजन्य सामग्रीहरुको वितरणसमेत सहज रहेकाले बर्षे वालीहरुको उत्पादन गत बर्षको तुलनामा उल्लेख्य बृद्धि हुने सम्भावना देखिन्छ ।

२. भदौसम्ममा उर्जा एवं अन्य कच्चा पदार्थहरुको आपूर्ति गत बर्षको यही अवधिको तुलनामा सुधार आएकाले उद्योगहरुको क्षमता उपयोग विस्तार भएको छ।

३. पर्यटकीय होटलहरुको बेड अकुपेन्सी दरमा सुधार आएकाले पर्यटन व्यवसायमा सकारात्मक प्रभाव देखिएको छ।

४.चालु आर्थिक बर्षको भदौ महिनासम्ममा गत बर्षको यही अवधिको तुलनामा सरकारको विकास खर्चमा केही विस्तार आएको, औद्योगिक उत्पादनले गति लिन थालेको र कृषि क्षेत्रतर्फ बर्षे वालीहरुको उत्पादन उत्साहजनक हुने देखिएकाले समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव देखिएको छ।