ज्योति विकास बैंकको ११.७ % वोनस सेयर, यसपछि १००% हकप्रद, पुँजी दुई अर्ब ६ करोड नाघ्ने

बिजमाण्डू
२०७३ कात्तिक ५ गते १२:४४ | Oct 21, 2016

काठमाडौं । ज्योति विकास बैंकले ११.७ प्रतिशत वोनस सेयर दिने भएको छ । बैंकले वोनस सेयर वितरण भएपछि कायम हुने चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद सेयरसमेत दिने भएको छ ।

Tata
GBIME
Nepal Life

बैंकले गत आर्थिक बर्ष १५ करोड २१ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकको चुक्ता पुँजी ९२ करोड ३४ लाख रुपैयाँ छ । यसमा ११.७ प्रतिशत वोनस सेयर दिएपछि पुँजी एक अर्ब तीन करोड रुपैयाँ नाघ्छ ।

बैंकले यो पुँजीमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो । यसो हुँदा पुँजी दुई अर्ब ६ करोड नाघ्छ ।