रौ तथा दागधब्बा हटाउने उत्पादन लञ्चमा गहर खानको जलवा हेर्नुस ५ फोटोमा, नेपालमा पनि आयो

बिजमाण्डू
२०७३ कात्तिक ४ गते १६:५५ | Oct 20, 2016
रौ तथा दागधब्बा हटाउने उत्पादन लञ्चमा गहर खानको जलवा हेर्नुस ५ फोटोमा, नेपालमा पनि आयो

Tata
GBIME
Nepal Life

काठमाडौं । लेजर लाइटको आविष्कारक, एस्थेटिक तथा सर्जिकल उपचारका लागि प्रकासमा आधारित रेडियो फ्रिक्वेन्सी र अल्ट्रासाउण्ड सोल्यूशन्सका उत्पादक अल्मा लेजर्सको एशियाली सब्सिडायरी अल्मा मेडिकल प्रालिले आफ्ना उपकरण नेपाली बजारमा सार्वजनिक गरेको छ ।
 
कम्पनीले नेपाली बजारमा रौँ हटाउने, दाग धब्बा निवारण तथा सोरियासिस र भिटिलिगोको उपचारका लागि प्रयोग हुने उपकरणहरु ल्याएको हो। कम्पनीले स्त्री कायाकल्प, भास्कूलर लगायत सम्बन्धित मेसिनहरुपनि उपलब्ध गराउने जानकारी दिएको छ । नेपाली बजारमा उत्पादनहरुको बजारिकरण सेन्ट्रल सर्जिकल कन्सर्न प्रालिले गर्ने छ।

उत्पादनको उद्घाटन भारतीय टिभी सेलिब्रेटी गहर खानले गरेकी छिन् ।
 
काठमाडौंमा आजबाट शुरु भएको सार्क एसोसिएशन अफ एस्थेटिक डरम्याटोलोजी (एएडी) सम्मेलनको पृष्ठभूमिमा कम्पनीले उत्पादन सार्वजनिकको घोषणा गरेको हो । सार्क एएडी यस क्षेत्रमा एस्थेटिक डम्र्याटोलोजीमा केन्द्रित पहिलो र आफ्नो प्रकारको एकमात्र कन्सोर्टियम हो ।
 
कार्यक्रममा सार्क एएडीका अध्ययक्ष अनिल गञ्जू, कम्पनीका बौण्ड एम्बेसेडर तथा बलिउड अभिनेत्री गौहर खान, सार्क एएडीका सचिव सुदिप पराजुली लगायत अन्य पदाधिकारीहरुको पनि उपस्थिती रहेको थियो ।