सेयर बजार बल्ल भयो हरियो, दुई कम्पनीको मूल्य १० प्रतिशत हाराहारी बढ्यो, कारोबार रकममा सुधार

बिजमाण्डू
२०७३ कात्तिक ४ गते १५:१३ | Oct 20, 2016
काठमाडौं । दसैंपछि पहिलो पटक बिहीबार सेयर बजार उकालो लागेको छ । साताको अन्तिम कारोबार दिन सेयर बजार ६.५८ अंकले सेयर बजार उकालो लागेको हो । हिजोको तुलनामा कारोबार रकममा पनि केही सुधार देखिएको छ ।
 
बिमा र बैंकिङले बजारलाई हरियो बनाएको हो । बिमा १२७.७५ अंक र बैंकिङ साढे तीन अंकले बढेको छ । जलविदयुत साढे २३ अंक र विकास बैंक ६ अंकले बढेको छ । अन्य पनि डेढ अंकले बढेको छ । होटल, फाइनान्स र उत्पादनमूलक सुचक घटेका छन् ।
 
बजारमा १२६ कम्पनीको ७० करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा वढि एभरेष्ट बैंकको ६ करो८ ३० लाख, शिखर इन्स्योरेन्सको ६ करोड २३ लाख र स्ट्यान्डर्ड चार्टर्ड बैंकको पाँच करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बिहीबार दुई कम्पनीको सेयर मूल्य १० प्रतिशत हाराहारी बढेको छ । 
 

Tata
GBIME
Nepal Life