हल्याण्ड एग्रिकल्चरको टयाक्टर सोरुम सातदोवाटोमा, ३० प्रतिशत बजार हिस्सा ओगट्ने दाबी

बिजमाण्डू
२०७३ कात्तिक ३ गते १५:५७ | Oct 19, 2016
हल्याण्ड एग्रिकल्चरको टयाक्टर सोरुम सातदोवाटोमा, ३० प्रतिशत बजार हिस्सा ओगट्ने दाबी
काठमाडौं। 'तराइ, पहाड, हिमाल, न्यू–हल्याण्डको कमाल' भन्ने नाराका साथ न्यू हल्याण्ड एग्रिकल्चरले 'केस' ब्राण्डका टयाक्टर नेपाली बजारमा भित्र्याएको छ ।
बुटवललाई आधार क्षेत्र बनाएर ट्रयाक्टरको कारोबार सुरु गरेको भुसाल ग्रुपले बुधबार ललितपुर सातदोवाटोमा भुसाल ट्रयाक्टर सप्लायर्सको सोरुम सहित कर्पोरेट अफिस स्थापना गरेको छ। 
 
नयाँ मोडल र नयाँ प्रविधियुक्त ३० देखि ९० हर्स पावरका टयाक्टर ढुवानी र जमिन जोत्नका लागि निकै उपयोगी रहेको कम्पनीले जनाएको छ । नयाँ प्रविधिको डिजल कम खपत गर्ने केस ब्राण्डका टयाक्टर नेपाली किसानलाई लक्षित गरी निर्माण गरिएको नेपाल स्थित आधिकारिक विक्रेता भूसाल टयाक्टर सप्लायर्सका बालकृष्ण भुसालले बताए।
भुसालले नेपालमा खपत हुने ट्याक्टरको बजारमा आफ्नो हिस्सा ३० प्रतिशत पुर्याउने लक्षका साथ काम गरिरहेको बताए। न्यु होल्याण्डले विश्वभरका ५५ देशमा  २६ प्रतिशत बजार हिस्सा ओगटेको भन्दै उनले नेपालमा पनि सबैभन्दा धेरै हिस्सा ओगट्ने दाबी गरे।
 
ट्याक्टरमा तीन वर्षको वारेन्टी र सातवर्षको निशुल्क सर्भिसिङको व्यवस्थाका गरिएको कम्पनीले जनाएको छ । भूसाल टयाक्टर सप्लायर्सले देशैभरी दुईसय ४० जनालाई प्रत्यक्ष रोजगारी दिएको जनाएको छ।
कुल २२ वटा कम्पनीका करिब पाँच हजार टयाक्टर खपत भएको नेपालमा हल्याण्डका मात्रै एक हजारको संख्यामा रहेको उनले बताएका छन्। पूर्व मेचीदेखि पश्चिम महकालीसम्म २२ सवडिलर र तीन स्थानमा आफ्नै आउटलेटहरु राखेर बिक्री गर्दै आएको कम्पनीले केही महिनाभित्रैमा बीरगंज, नारायणगढ, गुल्मी, पाल्पा, डडेलधुरा र सुकेबजारलगायतका क्षेत्रमा थप डिलर विस्तार गर्ने जनाएको छ।

Tata
GBIME
Nepal Life