टेलिकम उपकरण आयात अहिले सम्मकै उच्च, साउन र भदौमा मात्र साढे ५ अर्बको आयात अनुमति

बिजमाण्डू
२०७३ कात्तिक ३ गते ०७:०३ | Oct 19, 2016
टेलिकम उपकरण आयात अहिले सम्मकै उच्च, साउन र भदौमा मात्र साढे ५ अर्बको आयात अनुमति
काठमाडौं। दूरसञ्चार सेवा प्रदायकले दुई महिनामा साँढे पाँच अर्ब बरावरको उपकरण आयातका लागि दूरसञ्चार प्राधिकरणसँग अनुमति माग गरेका छन्। यो रकम अघिल्ला दुई आर्थिक बर्षको बरावर हो।
 
नयाँ आर्थिक बर्ष लागेपछि सबै भन्दा धेरै स्मार्ट टेलिकम आक्रामक देखिएको छ। कम्पनीले सवा चार अर्ब रुपैयाँ भन्दा बढीको उपकरण मगाएको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले भदौमा चार अर्ब २८ करोड रुपैयाँ बराबरको उपकरण आयात गर्न प्राधिकरणबाट अनुमति लिएको थियो।


 

गत आर्थिक बर्ष उपकरण आयात नगरेको कम्पनीले अघिल्लो आवमा भने एक अर्ब आठ करोड रुपैयाँको टेलिकम उपकरण आयात गरेको थियो।
 
२०६५ सालमा ग्रामिण दूर सञ्चार अनुमति पाएको स्मार्टलाई प्राधिकरणले तीन बर्ष अघि एकिकृत कारोबार गर्ने बाटो खोलिदिएको थियो।
 
त्यस अनुरुप क्रमिक विस्तारमा रहेको कम्पनीले पछिल्लो समय तिब्रता दिएको हो। एकिकृत सेवामा नेपाल टेलीकम र एनसेले स्थापित भइ सकेका एवं युटिएलले समेत जिएसम अनुमति पाएपछि आफुतिर छिटो ग्राहक तान्न स्मार्ट आक्रामक देखिएको छ।
 
कम्पनीले ३५ बढी जिल्लामा सेवा पुर्याइसकेको छ। थप जिल्लामा विस्तार हुने कम्पनीको रणनीति छ।
 
चालु आर्थिक बर्ष लागेपछि उपकरण आयातमा नेपाल टेलिकम र एनसेल समेत थप सकृय देखिएका छन्। यो दुई महिनामा टेलिकमले २८ करोड र एनसेलले ८८ करोड रुपैयाँ बराबरको आयात अनुमति पाइ सकेका हुन्।

स्रोत : नेपाल दूरसञ्चार प्राधिकरण
 
टेलिकमले गत आवमा कुल साढे दुई अर्ब रुपैयाँ बराबरको उपकरण मगाएको थियो भने करिब २४ करोड रुपैयाँ मात्र उपकरण आयातमा खर्चिएको थियो।
नेपालका सबै कम्पनीले आव २०७२/७१ मा तीन अर्ब ७९ करोड तथा २०७२/७३ मा दुई अर्ब ८२ करोडको उपकरणहरु आयात गरेका।
 
नयाँ प्रविध विस्तार गर्न एवं ग्राहकले सधैं गुणस्तरमा गुनासो गरेपछि त्यसलाई सम्बोधन गर्न कम्पनीहरुले पछिल्लो समय उपकरण आयात बृद्दि गरेका हुन्।
 
बढ्दो प्रतिस्पर्धा र सेवाग्राहिको मागलाई सम्वोधन गर्नका लागि नयाँ प्रविधिको विकास र सञ्चार उपकरण ल्याउनुपरेको प्रधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल बताउँछन्। तिब्र गतिमा विकास भएको प्रविधिलाई आत्मसाथ गर्न र यसपाली फोजी सेवा विस्तार भइरहेको सन्दर्भमा अझ धेरै रकमका उपकरण आयात हुने उनले जानकारी दिए।
 
अहिले मुलुकमा नेपाल टेलिकम, युटिएल, एनसेल, एसटीएम टेलिकम, एनएसटिपिएल र एसटिपिएलले दूरसञ्चार सेवा प्रदान गर्दै आएका छन्।