सेञ्चुरी बैंकले अरनिको बैंक एक्वायर गर्ने, दुई विकास बैंकको एक्वायरपछि चुक्ता पुँजी पाँच अर्व

बिजमाण्डू
२०७३ असोज ३० गते १८:२० | Oct 16, 2016
सेञ्चुरी बैंकले अरनिको बैंक एक्वायर गर्ने, दुई विकास बैंकको एक्वायरपछि चुक्ता पुँजी पाँच अर्व


 
काठमाडौं । सेञ्चुरी बैंकले काभ्रेमा रहेको अरनिको डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने भएको छ। २०७३ माघ महिनाभित्र एकिकृत कारोबार गर्ने योजनाका साथ दुवै संस्थाका प्रमुखले सम्झौतामा हस्ताक्षर गरेका छन्। 
 
हाल सेञ्चुरी बैंकसँग दुई अर्व ८४ करोड रुपैयाँको चुक्ता पुँजी छ भने बैंकले थप  ८५ करोड रुपैयाँको हकप्रद शेयर जारी गरिसकेको छ। २५ करोड ७८ लाख रुपैयाँको चुक्ता पुँजी भएको अरनिको विकास बैंकले सेयरधनीलाई सय कित्ता सेयर हुने सेयरधनीलाई ३६ कित्ता हकप्रद सेयर वितरण गर्दैछ। 
 
त्यसैगरी सेञ्चुरी बैंकले २९ करोड रुपैयाँ चुक्ता पुँजी भएको इन्नोभेटिभ डेभलपमेन्ट बैंकलाई पनि एक्वायर गर्न सम्झौता गरिसकेको छ। सेञ्चुरी, अरनिको तथा इन्नोभेटिभले गत आर्थिक वर्षमा गरेको मुनाफा वितरण गरेपछि एक्वायर गर्ने हुँदा एकीकृत कारोवार गर्ने समयमा सेञ्चुरीको चुक्ता पुँजी पाँच अर्व रुपैयाँभन्दा माथि पुग्ने बैंकले आइतवार जारी प्रेस विज्ञप्तिमा छ। 
 
बैंकसँग असोज ३० सम्म ३१ अर्व ४२ करोड रुपैयाँ निक्षेप छ भने २७ अर्व ४१ करोड कर्जा लगानी गरेको छ। इन्नोभेटिभ र अरनिको लाई प्राप्तीपछि सेञ्चुरी बैंकले ५० भन्दा बढी शाखा कार्यालयबाट बैंकिङ्ग सेवा प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ। बैंकले एक्वीजीशन, हकप्रद तथा मुनाफा वितरणबाट नेपाल राष्ट्र बैंकले तोकेको पुँजी पु¥याउने योजना समेत प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ। 
 

Tata
GBIME
Nepal Life