सम्भावना र सफलता

मिडियाको काम असफलता मात्रै खोतल्नु होइन्, सम्भावना पनि देखाउनु हो । नेपाली क्यालेन्डरको यो नयाँ वर्षमा हामीले साता भर नयाँ सम्भावना र सफलतालाई अझ बढी खोतल्ने प्रयास गर्दै छौं । सम्भावना र सफलता खोज्ने बिजमाण्डूको पहिलो श्रृखलामा जोडिएका छन्, केही युवा उद्यमी अनुहार । यो ‘कभर स्टोरी’मा विदेशमा पढेका, विदेश भोगेका, र नेपाल फर्किएका दिकेश मल्होत्रा, सम्भव सिरोहिया, गौरव अग्रवाल, गौरव गोयल र अभिक ज्योतिले खोजि गरिरहेको  सम्भावना र प्राप्त गर्न खोजेको सफलताको कथा उजागर गरिएको छ  । सम्भावना र सफलता खोज्ने बिजमाण्डूको यो प्रयास आगामी वर्षमा अझ बढी संस्थागत हुनेछ, व्यवस्थित बन्नेछ । त्यो हाम्रो प्रतिवद्धता हो । आखिर नेपालको सफलतासँग बिजमाण्डूको भविष्य पनि जोडिएको छ ।

 

नेपालमा विकासका लागि पुँजी होइन, आवश्यक सोच हो