विल गेट्सलाई उछिन्दै दुई दिनका लागि विश्वकै सर्वाधिक धनाढ्य बने यी कपडा व्यवसायी

बिजमाण्डू
२०७३ भदौ २६ गते १५:५४ | Sep 11, 2016
विल गेट्सलाई उछिन्दै दुई दिनका लागि विश्वकै सर्वाधिक धनाढ्य बने यी कपडा व्यवसायी


विश्वका धनाढ्यको कुरा हुँदा विल गेट्स पछि धेरैले तुरुन्त सम्झिने नाम हो वारेन वफेट। त्यसपछी कार्लोस स्लिम हेलु हुँदै उदाउँदा धनाढ्य मार्कजुगर वर्ग धेरैको जिब्रोमा सजिलै आउँछन्।
 
यो सूचीको अग्र भागमानै रहेको एक बृद्ध भने खासै 'नोटिस' हुँदैनन्। उनी हुन् एमान्सिओ ओर्टेगा। यी स्पेनिस विश्व धनाढ्यको सूचीमा दोस्रो र युरोपको सबैभन्दा धनी ब्यक्ति हुन्। 
उनी छायाँमा छन् किनभने माइक्रोसफ्ट,  फेसवुक या एप्पल जस्ता आईटी कम्पनी चलाउँदैनन्। वफेट जस्तो सेयर बजार बादशाह पनि होइनन्। अर्कोतिर उनी आफैं पनि 'लो प्रोफाइल लाइफ' रुचाउँछन्।
 
उनलाई नचिने पनि उनको 'ओनरसिप'मा रहेको ब्राण्ड नरुचाउने भने कमै छन्। अझ युवा युवती माझ विषेश लोकप्रिय छ उनको ब्रान्ड। हो यी बृद्ध विश्व प्रसिद्ध फेसन वेयर जाराका मालिक हुन्। 
 
कपडाको खुद्रा पसल चलाएर विश्व अर्वपतिको सूचीमा अग्रस्थाफन लिएका ओर्टेगा गत बुधबार गेट्सलाई उछिन्दै एक नम्बर धनाढ्य बन्न पुगे। जहाँ उनी दुई दिन सम्म टिक्न सफल भए। बुधबार एकै दिनमा उनको कम्पशनी इन्डिटेक्सको सेयर मूल्य साढे दुई प्रतिशतले जम्पह हान्यो। जसमा उनको फर्च्युन एक अर्ब ७० करोड डलरले पुँजीकृत हुन पुग्यो। 
 
शुक्रबार बिहानसम्म ओर्टेगाले एक नम्बर स्थानमा कब्जा जमाए। त्यो दिन बजार खुल्ने वित्तिकै उनको कम्पनीको सेयर मूल्य दुई दशमलव आठ प्रतिशतले खस्किन पुग्यो। र, उनी फेरि पुरानै दुई नम्बरमा ओर्लिए। 
 
अर्बपतिको सूचिमा पहिलो पटक उनी एक नम्बरमा उक्लिएका होइनन्। सन् २०१५ को अक्टुबरमा समेत उनी केहि घण्टाका लागि सर्बाधिक धनाढ्य बनेका थिए।  
 
भलै यस पटक पनि ओर्टेगा एक नम्बरमा लामो समय टिकेनन्। तर, उनको यहाँ सम्मको यात्रा आफैंमा प्रेरक र रोचक छ।   

Tata
GBIME
Nepal Life


 

ओर्टेगा अहिले ८० बर्षका भइ सके। उनले पाँच बर्ष अघि नै इन्डिटेक्सको सिइओबाट राजिनामा दिएका दिए। अहिले उनी संस्थापक र बोर्ड सदस्यको रुपमा कार्यरत छन्। 
 
इन्डिटेक्स अन्तर्गत जारा मात्र होइन पुल एन्ड वियर, म्यास्सिमो डुट्टी, वर्स्का, स्ट्रा डिभानियस, ओइसो, जारा होम र उतर्क्यु ब्रान्ड छन्। जारा त फेसन वेयर भइ हाल्यो। युवा पुस्ताको 'नर्मल वेयर'लाई ध्यान दिएर पुल एन्ड वियर र वर्स्का ब्रान्डिङ गरिएको छ।
 
यो कम्पनीको पछिल्लो बजार मूल्य ७७ अर्ब डलर भन्दा धेरै छ। जसमा ६७ अर्ब डलरको हिस्सा एक्लै ओर्टेगासँग छ। सन् १९६३ मा इन्सिटेक्स स्थापना गरेका उनले सन् १९७५ मा जाराको पहिलो शो रुम खोलेका थिए।


 

बुढ्यौलीले गाँज्दै लगेका ओर्टेगाले घोषणा गरि सकेका छन्; अब उनले आफ्नो सम्पत्ति उत्तराधिकारीलाई हस्तान्तरण गर्नेछन्। र, उनको उत्तराधिकारीको रुपमा रहने छन् उनका छोरीहरु सेन्ड्रा, मार्कोसा र मार्टा। 
 
यी मध्ये कान्छी मार्टाले ओर्टेगालाई नजिकबाट सघाइ रहेकी छिन्। ओर्टेगाको शेखपछि कान्छी छोरीले नै उनको व्यवसाय हाँक्ने धेरैको अपेक्षा छ। 
इन्सिटेक्सको लागि जति दुःख गर्नु पर्ने पिता ओर्टेगाले गरि सकेका छन्। कम्पनीका ब्रान्डहरुको लोकप्रियता निरन्तर उकालो लागि रहेको छ। मार्टाले कम्पनीको लगाम समातेपछी कसरी हाँक्लिने भन्ने त अझै सम्म बाहिर आइ सकेको छैन। तर, कम्पनीको रफ्तार कायम राखिन् भने उनी विश्वको पहिलो एक नम्बर धनाढ्य महिला बन्नबाट रोकिने छैनन्।