भारतका सबैभन्दा ठूला सेयर खेलाडी भन्छन्, बाइ राइट होल्ड टाइट

बिजमाण्डू
२०७३ भदौ १५ गते ००:०० | Aug 31, 2016
भारतका सबैभन्दा ठूला सेयर खेलाडी भन्छन्, बाइ राइट होल्ड टाइट


अर्वपतिको सूची सार्वजनिक गर्ने फोब्सका अनुसार भारतका वारेन बुफेट भनेर चिनिने राकेश झुनझुनवालासँग दुई अर्व दश करोड डलर(दुई खर्व २० अर्व रुपैयाँ) बराबरको सम्पत्ती छ।

Tata
GBIME
Nepal Life

 

भारतीय पत्रिका इकोनोमिक टाइम्सका अनुसार उनीसँग भएको सम्पत्तीमध्ये सेयरमा मात्रै आठ हजार नौ सय करोड(एक खर्व ४२ अर्व रुपैयाँ) बराबरको छ। अर्थात नेपालको सेयर बजारमा जति सेयर छ, त्यसको कुल मूल्यांकनको १४ भागको एक भाग बराबरको सेयर झुनझुनवालासँग भारतीय सेयर बजारमा एक्लैसँग छ।
 
भारतमा सबैभन्दा ठूला व्याक्तिगत सेयर लगानीकर्ता झुनझुनवालासँग अनुराधा महिन्द्रासँगभन्दा पाँच गुणा बढी सेयर छ। अनुराधान भारतको सेयर बजारमा व्याक्तिगत रुपमा धेरै सेयर हुने सूचोको दोस्रो स्थानमा छन्। त्यसपछि मात्रै राजिभ रतन, आशिष धवन, अनुज अन्ताराई, धारिलाल जेराम ढाकन, रोहितकुमार पिपरिया, सन्दीप धिरजलाल ढाकन, नेमिष एस शाह छन्।
 
फर्व्सकाअनुसार सेयरमै लगानी गरेर झुनझुनवाला भारतको ४२ औं धनी बनेका छन्। उनी विश्वका धनीहरुको सूचीमा ८९४ ‌औं स्थानमा छन्। ५६ वर्षका झुनझुनवालाका छोराछोरी छन्।
 
 
महिला र सेयर बजार दुवै अप्रत्यासित
झुनझुनवाला जसले पछिल्लो सात वर्षमा सेयर बजारमा आफ्नो सम्पत्ती साढे पाँच गुणाले बढाएका छन्। उनीसँग भारतीय सेयर बजारमा आइटि कम्पनी एप्टेक, औषधी कम्पनी अरविन्दो फर्मा, बैंकिङ र फाइनान्सको दिवान हाउजिङ तथा करुर भैष्य बैंकको सबैभन्दा धेरै सेयर छ।
 
प्राइम डाटावेशले तयार गरेको जानकारीअनुसार झुनझुनवालासँग सन् २००९ को जुनमा जम्मा एक हजार छ सय १८ करोड भारु(२५ अर्व ८८ करोड रुपैयाँ)को सेयर थियो। जुन अहिले बढेर एक खर्व ४२ अर्व रुपैयाँ बराबर पुगेको छ।
 
सेयरमा लगानी गर्नका लागि झुनझुनवालाले श्रीमती रेखा झुनझुनवालासँग मिलेर सेयर कारोवार गर्ने कम्पनी खोलेका छन्, रेयर इन्ट्रप्राइजेज। यो कम्पनीको नाम उनले आफ्नो नामको अंग्रेजी अक्षरको दुइवटा अल्फावेट(RA) र श्रीमतीको अंग्रेजीको नामको दुई वटा अल्फावेट(RE)बाट राखेका हुन्।
 
श्रीमतीसँग साझेदारीको फर्मबाट सेयर कारोवार गरे पनि राकेश सेयर बजारलाई महिलासँग तुलना गर्छन्। उनी भन्छन्, महिला र सेयर बजार दुवै अप्त्यासित मात्रै छैनन्, चलायमान पनि छन्। पछिल्लो एक वर्षमा मात्रै राकेशले सेयर बजारबाट दश प्रतिशत सम्पत्ती बढाएका छन्। 
 
पाँच हजारबाट नौ हजार करोडको सम्पत्ती
५ जुलाई १९६० मा जन्मिएका झुनझुनवालाका पिता भारत सरकारको जागिर खान्थे। उनी आयकर विभागका अधिकारी थिए। झुनझुनवालाले सिडेनहम कलेजबाट स्नातक गरेपछि उनी सिए बने। त्यसपछि उनी सिधै भारतको सेयर बजारमा प्रवेश गरे।
 
जतिबेला उनी भारतको सेयर बजारमा छिरे त्यतिवेला उनको उमेर जम्मा २५ वर्ष थियो। सन् १९८५ मा बम्बई झुनझुनवाला स्टक एक्सचेञ्जमा पुग्दा सूचकांक १५० कम्पनी मात्रै सूचिकृत थिए। उनी सेयर बजारमा छिर्दा उनीसँग पाँच हजार भारु मात्रै थियो।
 
उनले पहिलो कारोवार टाटा टीबाट गरे। जसको मूल्य मात्रै ४३ रुपैयाँ थियो। उनले टाटा टिको पाँच हजार कित्ता सेयर तीन महिनापछि १४३ रुपैयाँमा बेचे। यो कारोवारबाट उनले पाँच लाख भारु कमाएका थिए।
 

हरेक घण्टा बिएमडब्लु किन्न सक्छन्

सन् २०१४ को बुलमा झुनझुनवालाले सबैभन्दा धेरै कमाई गरे। यो वर्ष मुम्बई स्टक एक्सचेञ्ज(सेन्सेक्स) छ हजार अंक अर्थात करिव ३१ प्रतिशतले बढ्यो। यो पछिल्लो पाँच वर्षको सबैभन्दा ठूलो बुल थियो। यो बुलले झुनझुनवालाको सम्पत्ती एक खर्व १९ अर्व ७० करोड भारु पुग्यो।
 
बजार ३१ प्रतिशतले वृद्धि हुँदा पनि झुनझुनवालाको प्रोटफोलियो भने ७३ प्रतिशतले बढ्यो। सन् २०१४ मा उनले औषतमा प्रतिसाता ५९ करोड भारु(९५ करोड रुपैयाँ) कमाए। यो उनको कमाइले हरेक एक घण्टामा उनी एउटा मर्सिडिज बेञ्च वा बीएमडब्लु खरिद गर्न सक्ने अवस्थामा पुगेका थिए।
 
 
झुनझुनवालाको पछि लाग्छ बजार
 
झुनझुनवाला हरेक दिन सेयर बजारका विषयमा आफ्ना टिप्पणीहरु दिइरहेका हुन्छन्। उनले दिएको टिप्पणीमा रहेर भारतमा लाखौं मान्छेले आफ्नो लगानीलाई निर्धारण गर्छन्।

उनले जुन सेयरमा हात हाल्छन्, त्यो सेयरको मूल्य वेपत्ताले बढ्छ। उनले जुन सेयरबाट हात झिक्छन्, त्यो सेयरको मूल्य ठूलो मात्रामा घट्छ पनि। त्यति हुँदा पनि उनले सेयर बजारमा धेरै कम्पनीमा भने हात हालेका छैनन्।
 
जुन कम्पनीको सेयरमा हात हाल्छन्, त्यहाँ उनी राम्रो पोजिसन बनाएर बस्छन्। एक जानकारीका अनुसार झुनझुनवालासँग अहिले २९ वटा कम्पनीको सेयर ठूलो मात्रामा छ।

जस्तो झुनझुनवालासँग गतवर्ष टाटा मोटर्सको कुनै सेयर थिएन तर यो वर्ष उनीसँग कम्पनीको ३.४३ प्रतिशत सेयर छ। त्यसैगरी इन्टेलेक्ट डिजाइन एरेनामा भएको सेयर ३.७४ प्रतिशतबाट बढेर ५.९४ प्रतिशत पुगेको छ। त्यसैगरी एस्कर्टसको सेयर ८.१४ प्रतिशतबाट बढेर १०.१८ प्रतिशत पुगेको छ।

त्यसैगरी डेल्टा कर्पको सेयर ७.८० प्रतिशतबाट बढेर ९.३२ प्रतिशत पुगेको छ। एग्रोटेक फुडको सेयर ६.८८ प्रतिशतबाट बढेर ७.६६ प्रतिशत पुगेको छ। उनी जुन कम्पनीमा सेयर लिन्छन्, त्यहाँ उनले राम्रै होल्ड पनि गर्छन्। यही कारण उनी एप्टेक लिमिटेड तथा हंगामा डिजिटल मिडियाका अध्यक्ष हुन्। उनी कैयौं कम्पनीमा बोर्ड डाइरेक्टर पनि छन्।
 
बजारलाई खेलाउँछन्
झुनझुनवालाको सेयर कारोवारमा साधरण फर्मुला छ। उनी राम्रो व्यवसायिक मोडल छान्छन्। त्यसैगरी राम्रो उद्यमीले लगानी गरेको कम्पनी हेर्छन अनि सुशासन भएको कम्पनीलाई मार्क गर्छन्। त्यसपछि उनी त्यो कम्पनीको यति धेरै सेयर किन्छन् जुन सेयरबाट उनी बजारलाई खेलाउन सकुन्।
 
 

फिल्म बनाए कि एण्ड का

झुनझुनवाला बलिउड फिल्म कि एण्ड काका समेत सह निर्माता हुन्। अर्जुन कपुर र करिना कपुरले लिड गरेको यो फिल्ममा २० करोड लगानी गरिएको थियो तर फिल्मले एक अर्व भारुको कारोवार गर्यो।
 
मुम्बइको सबैभन्दा महँगो मानिने मालावार हिलमा उनी बस्छन् उनको कार्यालय नरिमन प्वाइन्टमा छ। उनी लगानीकर्ताको समूहमा रक्कि नामले परिचित छन्। उनी राधाकृष्ण धामिनीलाई गुरु मान्छन्। सन् १९९३ मा मुम्बई स्टक एक्स्चेञ्जमा बम व्लाष्ट भयो। उनी त्यतिवेला सेयरको रिंगमा थिए। सबै एक्जिट गेटतर्फ दौडिए सबै रोइकराई रहेका थिए।
 
झुनझुनवाला भन्छन्, त्यतिवेला मैले सबैलाई भनिरहेको थिएँ, नडराउनुस! नडराउनुस्!!, मरिएछ भने सबै मरिन्छ। त्यो भिषण आक्रमणको एक सातापछि फेरी सेयरको रिंगमा उस्तै चहलपहल थियो। बजारको स्वभाव यही हो।  
 
पैसा बाइप्रडक्ट हो
तपाईंसँग कति सम्पत्ती छ, यसको आंकलन गर्न गैरजरुरी छ, झुनझुनवाला भन्छन्।  बजार तिव्र रुपमा बढेको बेला सबैलाई फाइदा हुन्छ। तिव्र रुपमा घटेको बेला सबैलाई घाटा हुन्छ। त्यसकारण म विश्वको धनकुवेरको सूचीमा परें वा परिन यसको कुनै अर्थ छैन्।

झुनझुनवाला भन्छन्, सही कुरा के हो भने म काममा मजा लिन्छु। जसको बाइप्रडक्ट हो पैसा। मेरो बिजनेस मन्त्र सजिलो छ। बाइ राइट एण्ड होल्ड टाइट अर्थात सही समयमा सेयर किनौं र उसलाई अँठ्याएर राखौं।
 
सेयरमा झुनझुनवालाको चार मन्त्र
. लगानी कम्पनीमा होइन व्यापारमा गर्नुस
झुनझुनवाला अधिकांश अन्तर्वार्तामा कम्पनीभन्दा कारोवारमा फोकस गर्न सेयर लगानीकर्तालाई आग्रह गर्छन्। कम्पनी कुन किसिमको कारोवारमा छ र त्यो कारोवारले आगामी दिनमा कति फाइदा दिन्छ त्यसलाई हेरेर लगानी गर्नुपर्छ।
 
. लाभ बढाउनुस नोक्सान घटाउनुस
नोक्सानलाई कम गरेर जीवनमा अघि बढ्न सिक्नुहोस्। त्यतिवेलासम्म सेयरमा लगानीलाई राखिराख्नुस जतिवेलासम्म त्यो सेयर आफ्नो उत्कृष्ट विन्दुसम्म नपुगोस्।
 
३.स्वतन्त्र बिचार राख्नुस्
झुनझुनवाला भन्छन्, लगानी गर्नु अघि आफै त्यो कम्पनीका वारेमा जाँच गर्नुहोस्। त्यसको गजब उदाहरण उनी आफै हुन्। सन् ९० को दशकको अन्तिमतिर जब सबै लगानीकर्ता आइटिको सेयरपछि भागिरहेका थिए त्यतिवेला उनले सार्वजनिक क्षेत्र(पिएसयु)का कम्पनीमा लगानी गर्न थाले। सन् २००० मा जब डटकमको बजारले गोता लगायो त्यतिवेला धेरैले नोक्सानी व्योहोरिरहेका थिए त्यतिवेला उनले पिएसयुबाट राम्रो आम्दानी गरिरहेका थिए। उनले सेयरमा संधै भरी स्वतन्त्र विचार राख्नुपर्ने बताए।
 
अवसरको फाइदा उठाउनुहोस्
झुनझुनवालाका सबै सेयर एक साथ नकिन्न सल्लाह दिन्छन्। उनी भन्छन यदी तपाईं सही समयको प्रतिक्षा गर्नुभयो भने बजारले तपाईंलाई कम मूल्यमा धेरै सेयर किन्ने अवसर दिन्छ। यस्तो अवसरको मौका उठाउन र सेयर खरिद गर्न उनी सल्लाह दिन्छन्।