भोक लाग्यो? अर्डर गर्नुस ९५ रुपैंयामा अफिस आउँछ खाजा

बिजमाण्डू
२०७३ भदौ १३ गते ००:०० | Aug 29, 2016
भोक लाग्यो? अर्डर गर्नुस ९५ रुपैंयामा अफिस आउँछ खाजा


Tata
GBIME
Nepal Life
  • उमेश पौडेल/बिजमाण्डू

काठमाडौं। अफिसमा काम गर्दै हुनुहुन्छ? भोक लाग्यो चिन्ता नलिनुस अर्डर गर्नुहोस तपाइको समयमा तपाइले चाहेको खाजा तपाइको टेवुलमा आइपुग्छ र त्यो पनि ९५ रुपैंयामा।

तपाईको खाजाको तालिका अनुसार फरक फरक स्वादमा खाजा खान पाउनुहुन्छ। तपाइलाई खाजाको समयमा काम सक्नुपर्नेछ वा खाजा खान वाहिर जान अल्छि लाग्छ भने यो सुविधा तपाईलाई धेरै उपयोगी हुन सक्छ।

यस्तै सुविधाका साथ लिलितपुरको कुमारीपाटीमा लञ्च आवर रेष्टुरेन्ट खुलेको छ। यसले ग्राहकले चाहेको ठाउँमा होम डेलिभरीसहित १४ दिनमा परिवर्तन हुनेगरी मेनु समेत तयार पारेको छ।

के के छ मेनुमा

  पहिलो साता दोस्रो साता
ननभेज भेज ननभेज भेज
आइतवार चिकेन विर्यानी भेज विर्यानी बटर चिकेन र राइस भेज करी र राइस
सोमवार आलुकोफ्ता र रोटि आलुकोफ्ता र रोटि आलुतामा चिउरा  र चिकेन छोयला आलुतामा मसरुम अचार र चिउरा
मंगलवार समोसा तरकारी समोसा तरकारी पुरीतरकारी, स्विट कर्न पुरीतरकारी, स्विट कर्न
बुधबार चिकेन मम भेज मम चिकेन मम भेज मम
बिहिवार चिकेन करी र चिउरा करी, आलु र चिउरा चिकेन करी र चिउरा भेज करी र चिउरा
शुक्रवार मिक्स चाउमिन भेज चाउमिन टुना स्यान्डविच भेज स्यान्डविच

 

कसरी आयो यस्तो सोच

एक बर्षदेखि सञ्चालन गरिरहेको यो रेष्टुरेन्टका खोजकर्ता भने महेश खड्की हुन। जहिले पनि काम गरिरहेको बेला खाजा खाने समस्या भइरहेका कारण के खाने? भनेर सोचिरहेका बेला यो सोच आएको उनले बताए।
'बाहिर जान पनि अल्छि लाग्ने आफूले भनेको पनि केहि नपाइने भनेपछि केहि त गर्नुपर्यो' उनी भन्छन् 'एकदिन हामी पाँच जना साथि मिलेर छलफल गर्यौं त्यसको केहि समय नवित्दै काम थाल्यौं।
 
कति छन् दैनिक ग्राहक
६/६ महिनामा अध्यावधिक गरी मेनुमा खाजाको परिकार परिवर्तन गरेर फरक फरक टेष्ट दिइरहेको अर्का सञ्चालक विपिन श्रेष्ठले बताए। 'सुरुवातको चरणमा भएका कारण अहिले हाम्रोमा दैनिक एक सय पचासदेखि दुईसय जना ग्राहक हुनुहुन्छ' उनले भने 'त्यसमा थपिने क्रम जारी छ।' उनले ग्राहक बढाउनका लागि मार्केटिङ रणनीतिमा काम गरिरहेको बताए।
 

६ महिनामा मेनु परिवर्तन

ग्राहकको चाहनाअनुसार ६/६ महिनामा मेनु परिवर्तन गर्ने गरेको उनले बताए। संधै एउटैमात्र टेष्ट भयो भने मोनोटनस हुन् त्यहि भएर ग्राहकसँग सर्भे गरेर मेनु परिवर्तन गर्ने गरेका छौं, उनले भने।
हरेक लन्च बक्स डेलिभरी भएको समयमा ग्राहकसंग फिडव्याक लिने गरेको र त्यहीअनुसार काम अगाडि बढाउने गरेको उनले बताए। उनले अधिल्ले पटक गरिएको सर्भेका कारण तीनवटा आइटम हटाएको र सातवटा थपिएको जानकारी दिए।
 
के चाहन्छन ग्राहक?
तीन महिना अगाडि गरिएको सर्भेका आधारमा ग्राहकले चिकेन विर्यानी र आलुतामा धेरै रुचाएको सञ्चालक श्रेष्ठले जानकारी दिए। रेष्टुरेण्टले कामको धेरै चाप हुने रेष्टुरेण्टलाई टार्गेट गरेको छ। जसले अफिस बाहिर खाजा खान रुची गर्दैनन्, उनीहरुलाई पनि हामीले टार्गेट गरिरहेका छौं, उनले भने । बैंक, अस्पताल, स्कुल, कलेज, फाइनान्स, एनजिओ, आइएनजिओ, ट्राभल एजेन्सीमा आफ्ना ग्राहक रहेको जानकारी समेत उनले दिए।
 

कसरी गर्नुपर्छ अर्डर?

खाजाका लागि अर्डर गर्नका लागि फोनमा सम्पर्क गर्नुपर्छ।  त्यसपछि ग्राहकको सवै डिटेल (जस्तै अफिसको नाम सम्पर्क नम्बर इमेल) रेष्टुरेण्टले राख्ने गरेको छ। त्यसपछि ग्राहकले फोनमार्फत अर्डर गर्न पनि सक्छन, वा रेष्टुरेन्टको फेसबुक पेजमार्फत पनि अर्डर गर्न सकिन्छ। ग्राहकले मोवाइलमा टेक्स्ट मेसेज वा इमेल गरेर पनि अर्डर गर्न सक्छन्।
 
डेलिभरी कसरी हुन्छ?
रेष्टुरेन्टले तीनवटा मोटरसाइकलमा लञ्च बक्स डेलिभर गर्ने गरेको छ। ग्राहकले चाहेको समयमा यी लन्च बक्सहरु उपलब्ध हुने श्रेष्ठले बताए। यो लन्च बक्स अहिले चक्रपथ भित्र डेलिभरको व्यवस्था गरिएको उनले जानकारी दिए। केहि ग्राहकको चाहनाअनुसार रिङरोड भन्दा बाहिर पनि लैजाने गरेको उनले बताए।
 
पेमेन्ट कसरी गर्ने
लञ्च बक्समा खाने वित्तिकै पैसा दिनुपर्दैन। एक हप्तासम्म खाएपछि विल तिर्न सक्ने व्यवस्था मिलाइएको छ। लन्च बक्सले एकहप्तासम्म ग्राहकले खान सक्ने र पछि तिर्न मिल्ने सुविधा दिएको हो। कुनै कुरा खान मन परेन वा वाहिर जान पर्ने भयो भने पछि आएर त्यो सेवा फेरी सुरु गर्न सकिने सुविधा पनि रेष्टुरेण्टले दिएको छ।
 
फ्रेन्चाइजीको योजना
लन्च बक्स रेष्टुरेन्टले हाल उपत्यकाको रिङरोडभित्रमात्र सेवा दिइरहेकोमा अब यसलाई विस्तार गरी उपत्यकाका तीनवटै जिल्लामा पुर्याउने योजना बनाएको श्रेष्ठले जानकारी दिए। विस्तारै यसलाई देशका मुख्य शहरमा पुर्याउने लक्ष्य रहेको समेत उनले बताए।