कियाको नयाँ शोरुम तिनकुनेमा संचालनमा, अत्याधुनिक सुविधाले ग्राहकलार्इ मोहित पार्ने

बिजमाण्डू
२०७३ भदौ १२ गते ००:०० | Aug 28, 2016
कियाको नयाँ शोरुम तिनकुनेमा संचालनमा, अत्याधुनिक सुविधाले ग्राहकलार्इ मोहित पार्ने

काठमाडौं । किया मोटर्सको नयाँ शोरुम तिनकुनेमा संचालनमा आएको छ । नयाँ शोरुमको कन्टिनेन्टल समूहका अध्यक्ष सुह्रद घिमिरेले उद्घाटन गरे । यो शोरुमको व्यवस्थापन भने युनिभर्सल मोटर कर्पले गरेको छ जुन कन्टिनेन्टलसँगै आवद्ध छ । 

तीन हजार स्क्वायर फिटमा अत्याधुनिक शोरुममा ग्राहकलार्इ नयाँ फिल दिने कम्पनीको दाबी छ । कम्पनीका अनुसार शोरुममा ग्राहकलार्इ विशिष्ठ सुविधाले मोहित पार्ने विश्वास छ ।

कियाका ग्लोबल अवार्ड पाइसकेका ६ वटा प्यासेन्जर भेइकल नेपालमा बिक्री भइरहेका छन् । पिक्यान्टो, रियो, सोल,स्पोटेज, सोरेन्टो र ग्रान्ड कार्निभल नेपालमा बिक्री भइरहेका छन् । मुलुकको विभिन्न सहरमा सेल्स, सर्भिस र स्पेयर्स पार्टसहितको संजाल स्थापना गर्ने कम्पनीले जनाएको छ ।

Tata
GBIME
Nepal Life