लगानीकर्ताको रुपमा आएका धेरैले बजारको संरचना बुझेकै छैनन्, डा. आत्माराम घिमिरेको अन्तर्वार्ता

बिजमाण्डू
२०७३ भदौ १२ गते ००:०० | Aug 28, 2016
लगानीकर्ताको रुपमा आएका धेरैले बजारको संरचना बुझेकै छैनन्, डा. आत्माराम घिमिरेको अन्तर्वार्ता


सेयर लगानीकर्ताको रुपमा आएका धेरैले अझै पनि पुँजी बजारको वास्तविक संरचना के हो र यो कसरी सञ्चालन हुन्छ भन्ने नै बुझ्नु भएको छैन।
 —
पिङ खेल्न बसेपछि हल्लिएन भने के मजा आउँछहो तेस्तै हो सेयर बजार भनेको पनि। बिना उतार चढाव त बजारको आनन्द नै रहन्न। म्याचोर्ड लगानीकर्ताका लागि बजारको उतार चढाव समान्य हो।
 
अहिले केहि करेक्सन आवश्यक नै थियो। १४०० अंकबाट बढ्न थालेको बजार एक पटक पनि करेक्सन नभइ १९०० अंक नजिक पुग्यो। बजार आफ्नो उचाइमा त जरुर पुग्छ। यसको उचाइ पुगेको छैन अझ माथि पनि जान्छ। तर बीचबीचमा करेक्सन स्वाभाविक हुन्छ।
 
 
पछिल्लो समय स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयर तिब्र रुपले बढाइयो। कम्पनीले कुनै औपचारिक सुचना निकालेको छैन। तथापि हकप्रद/वोनस सेयरको हल्ला चलाएर कसले यसरी बजार बढायो भनेर अनुसन्धान त हुनु पर्यो नि।
 
१० करोड रुपैयाँका म्युचियल फन्ड छन्। ति भन्दा त कतिपय व्यक्तिगत लगानीकर्तानै शक्तिशाली छन्। व्यक्तिगत रुपमा ३०/४० करोड सम्म कारोबार गर्ने लगानीकर्ता निकै जना छन्। संस्थागत लगानीकर्ता भनि सकेपछि त कम्तिमा १/ अर्बको क्षमता त चाहियो नि।

नेपालको सेयर १८८१ अंकको उच्चतम बिन्दुमा पुगे पछि नेपाल धितोपत्र बोर्डले बजारमा कालोधन छिरेको हुनसक्ने आशंकाका साथ अनुसन्धान समिति गठन गर्यो। त्यसले लगानीकर्तामा खैलाबैला मात्र ल्याएन बजार ओरालो समेत लाग्यो। लगानीकर्ताहरु आत्तिँदै धितोपत्र बोर्ड अधिकारी देखि अर्थमन्त्रीसम्म भेट्न पुगे। यो सन्दर्भमा बिजमाण्डूका प्रभात भट्टराईले साेधे: लगानीकर्ताहरुको संस्था नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष डा. आत्माराम घिमिरेलाई सोध्यो- सेयर बजार बढाइदिने काम अर्थमन्त्रीको हो र?

Tata
GBIME
Nepal Life

 
  
अलिकति सेयर बजार घट्यो कि सेयर लगानीकर्ताहरुको रोइ कराइनै सुनिन्छ। के बजार सँधै बढी रहन रहनु पर्ने हो?
यो एकदमै ठिक कुरा हो। जहाँ सम्म रोइ कराइको कुरा छ, यो बजारमा धेरै अनुभव नभएका र नयाँ लगानीकर्ताहरुको कुरा हो। हामी बिगत एक दशक भन्दा लामो समय देखि नेपाल इन्भेष्टर्स फोरममा छौँ। अहिले तपाइँले बजारमा सुन्नु भएको पनि होला, नयाँ लगानीकर्ता संघको पनि चर्चा छ।
नामबाटै प्रष्‍ट हुन्छ यो नवप्रवेशीहरुको समुह हो। उहाँहरुलाई बजारमा थोरै उतार चढाव आउँदा पनि के के न भयो भन्ने हुन्छ। त्यसैले छुट्टै संघनै बनाउनु भएको छ। उहाँहरु लामो समय यसै गरि सकृय रहनु भयो भने त राम्रो हो तर लामो समय यो संघ टिक्छ जस्तो हामीलाई लाग्दैन। किनभने त्यो एउटा आवेशमा अझ भन्दा रोइ कराइको क्याचिङका लागि मात्र जन्मिएको हो। यसले समग्र नीतिगत तहमा प्रभाव पार्ने संभावना पनि रहन्न।

वास्तवमा सेयर लगानीकर्ताको रुपमा आएका धेरैले अझै पनि पुँजी बजारको वास्तविक संरचना के हो र यो कसरी सञ्चालन हुन्छ भन्ने नै बुझ्नु भएको छैन। बजारमा उतार चढाव सामान्य कुरा हो। त्यसैले जुन लगानीकर्ता बुलिस र बियरिस दुबै अवस्थामा बजारमा टिकेर अनुभव हासिल गर्छ उ मात्र सच्चा लगानीकर्ता हुन सक्छ। किनभने उसले चाहिँ उतार चढावको परिणाम के हुन्छ भनेर राम्रोसँग भोगिसकेको हुन्छ। बजारबारे पढेर मात्र हुँदैन। परेर मात्र यसबारे सिक्न सकिन्छ।

अर्कोतिर हामीकहाँ सेयर बजारबारे शिक्षाको अवस्था धेरै कमजोर छ। जस्तो कुनै सेयर किन्ने लगानीकर्तालाई उक्त कम्पनीको प्रतिसेयर आम्दानी कति छ? वा मूल्य आम्दानी अनुपात कति छ? भनेर सोध्ने हो भने जान्दैनन्। अर्को जान्नै पर्ने कुरा भनेको सेयर बजार र बैंकको ब्याजदरबारे सम्बन्ध हो। यी अत्यन्त सामान्य फन्डामेन्टलहरु हुन्। यी विषयमा सामान्य हेक्का पनि नराखि बढ्दो बजारमा कमाइ हाल्छु भनेर लगानी गर्नेहरुले नै थोरै मूल्य घट्ने वित्तिकै रोइ कराइ सुरु गर्छन्। पिङ खेल्न बसेपछि हल्लिएन भने के मजा आउँछ र? हो तेस्तै हो सेयर बजार भनेको पनि। बिना उतार चढावको बजार नै हुँदैन। म्याचोर्ड लगानीकर्ताका लागि बजारको उतार चढाव समान्य हो।

उसो भए हाम्रो पुँजी बजार नवप्रवेशी एवं त्यसबारे सामान्य सैद्धान्तिक/व्यवहारिक ज्ञान समेत नभएका व्यक्तिले पो थेगेका रहेछन् त?
अहिलेलाई त्यतिले मात्र थेग्या चाहिँ भन्न मिल्दैन। किनभने पछिल्लो पाँच बर्षलाई मात्र तुलना गर्दा पनि हाम्रो बजारको आकार धेरै ठुलो भईसक्यो। बजार पुँजीकरण अर्बौँले बढी सकेको छ। सुचिकृत कम्पनीहरुको पुँजी संरचना फराकिलो भएको छ। म्युचियल फन्डको रुपमा संस्थागत लगानीकर्ताको पनि प्रवेश भइसकेको छ। यी सबै हिसाबले बजार धेरै ठूलो भइसकेको छ। त्यसैले नयाँ लगानीकर्ता प्रवेश गरेका चाहिँ हुन्। तर उनीहरुले नै बजार थेगेको भने होइन। बजार केही स्रोत साधन भएका अनुभवी लगानीकर्ता र केही संस्थागत लगानीकर्ताहरुकै कारण थेगिएको हो।

बजार थेग्ने लगानीकर्ताहरु स्वाभाविक गति बुझ्छन् र हतारमा रोइ कराइ गर्दैनन्। जस्तो अहिले केही करेक्सन आवश्यक नै थियो। १४०० अंकबाट बढ्न थालेको बजार एक पटक पनि करेक्सन नभई १९०० अंक नजिक पुग्यो। बजार आफ्नो उचाइमा त जरुर पुग्छ। यसको उचाइ पुगेको छैन अझ माथि पनि जान्छ। तर बीचबीचमा करेक्सन स्वाभाविक हुन्छ।
 
त्यसो भए पछिल्लो समय बजार घट्यो भन्दै अर्थ मन्त्री देखि धितोपत्र बोर्डका अध्यक्ष सम्म भेट्न जाने काम 'म्याचोर्ड' लगानीकर्ताहरुबाट भएको होइन?
लगानीकर्ता फोरमको अध्यक्ष म हुँ। म अहिले सम्म बजार यस्तो भयो, यसो गरिदिनु पर्यो भनेर कसैलाई भेट्न गएको छैन। हामीले नियम कानुनको कुरा गरेर बिज्ञप्ति चाहिँ जारी गर्यौ। जसमा सेबोनको संस्थागत र नीतिगत कमजोरी सच्याउन माग गर्‍यौं।

हामी सेबोनले गरेका राम्रा कामको स्वागत र नराम्रा कामको आलोचना त गर्छौँ। र, त्यो संस्थागत रुपले नै हुन्छ। जस्तो ब्रोकर कमिसन घटाउन सेबोनले पहल गर्‍यो, अस्ति भर्खरै डिम्याट बारे नौ बुँदे निर्देशन दियो। यस्ता सकारात्मक कुरालाई हामीले खुला रुपले स्वागत गरेका छौँ। साथै नीति नियम बनाउनु पर्ने सेवोन अध्यक्षले पत्रिकामा लेख लेखेर बजार यस्तो हुन्छ उस्तो हुन्छ भन्नु सहि होइन भनेर बिरोध पनि गरेका छौँ। यि सबै नीतिगत कृयाकलाप हुन्। बजार घट्यो बढाइदेउ भन्दै चाहिँ हामी कतै गएका छैनौँ, जाँदा पनि जाँदैनौँ।
 
सेवोनले बजारमा दिनुहँ यत्रो अर्ब अर्बको पैसा कहाँबाट आउँछ? कतै यसमा कालोधन त छिरेको छैन? भनेर अध्ययन गर्न समितिनै बनायो, धेरै बिरोध आएपछि त्यसलाई खारेज त गरेको छ, तर शंका त लगानीकर्तामा आयो नि?

कारोवार यसरी बढ्नुमा ३/४ वटा कारण छन्। एउटा मुख्य त यो डिम्याट नै हो। पहिले कागजी प्रमाणपत्र हुँदा किनेको सेयरको सर्टिफिकेट पाउन महिना लाग्थ्यो। अहिले तुरुन्त हुन्छ। यसले सेयर कारोवारको 'भेलोसिटी' बढाएको छ। कारोवारसँगै पैसाको भेलोसिटी पनि स्वत: बढ्ने नै भयो। दोस्रो चाहिँ चाहिँ बैंक तथा वित्तिय संस्थामा तरलता र ब्याजदर हेरौँ। अलिक नाम चलेका बैंकको ब्याजदर एक प्रतिशत हाराहारी छ। अर्कोतिर बैंक तथा वित्तिय संस्थाले सेयरधनीहरुलाई धेरै राम्रो प्रतिफल दिएका छन्। जस्तो अस्ति भर्खरै नेपाल इन्भेष्टमेन्ट बैंकले ४० प्रतिशत प्रतिफल दियो। दुई अर्बबाट सात अर्ब हाराहरी पुँजी पुग्दा पनि त्यति प्रतिफल दिनु भनेको छ धेरै राम्रो हो। यो देखेर पनि सेयर बजारमा लगानीकर्ता यसतर्फ लोभिएका हुन्।

नेपालमा अन्यत्र लगानीको वातावरण नभएको कारण धेरैले नगद होल्ड गरेका छन्। अहिले उनीहरुका लागि पनि सेयर बजार आकर्षक ठाउँ बन्न पुगेको छ। त्यसैले दोस्रो बजारमा कालोधन या कुनै गलत तरिकाले कमाएको पैसा आएको छ भन्ने कुरा चाहिँ साँचो होइन। मान्छेसँग होल्ड भएको पैसा यसमा सुरक्षित हुने रहेछ भनेर आएको हो। यहाँ लगानी गर्न कहिँ कसैलाई भनि रहन पर्दैन। आफ्नै विवेक र वुताले गर्न सकिन्छ।

कुनै एउटा जलविद्युत परियोजना बनाउँछु भन्दा प्रतिफलका लागि बर्षौँ कुर्नु पर्छ। अनेक हन्डर खेप्नु पर्छ। तर सेयर बजारमा त्यस्ता अवरोध छैनन्। तुरुन्त प्रतिफल आउँछ। त्यति मात्र होइन लगानी गर्न अलिक अस्ति सम्म बैंक तथा वित्तिय संस्थाले ७० प्रतिशत सम्म लगानी गर्थे। अब पनि ५० प्रतिशत लगानी गर्न पाउँछन्। यसले पनि सेयरमा लगानी सहज बनाइ दिएको छ। अर्को कारण चाहिँ बिटी पनि हो। बिटीले पनि भेलोसिटी बढाएको छ।
कालोधन छैन भन्ने अर्को आधार के हो भने अहिले सबै कारोबार बैंकिङ च्यानलबाट हुने गर्छ। ब्रोकरहरु हामीले पैसा दिँदा पनि चेक बाहेक नगद लिन मान्छैनन्। उनीहरु पनि एकाउन्ट पेइ चेक नै दिन्छन्। साथै १० लाख भन्दा बढीको कारोबारमा स्रोत खुलाउनु पर्ने प्रावधान त पुरानो नै हो।

अर्कोतिर कसैले अपराध नै गर्यो, कालोधन नै ल्याएर बजारमा लगानी गर्यो भने अग्रिम सुचना दिएर पख तँलाई म पक्रन आउँदैछु भन्यो भने त भागि हाल्छ नि। त्यसैले कालोधन अनुसन्धान समिति गठन पछाडीको उध्येश्य बजार घटाउनु नै हो भनेर हामीले भनेका थियौँ। अन्तत: त्यहि नै सावित भयो। अन्यथा त्यसलाई किन खारेज गर्नु पर्थ्यो? कसैले गल्ति नै गरेको छ भने त्यसलाई छानविन गरेर कारबाही गर्न अग्रिम झ्याली पिटाइ रहनु पर्थ्यो र? खुरुखुरु गरे भइ हाल्थ्यो नि। हामी नि त्यसरी राज्यले गर्ने कामलाई त सहयोग नै गर्छौँ।
 
सेवोनकै अधिकारीहरुले पनि बेला बेला बजार यति अंकमा रहनु पर्ने यता गयो, उता पुग्यो भन्ने गरेको सुनिन्छ। हाम्रो सेयर बजार लगानीकर्ताको आत्मविश्वास भन्दा नियामकको इशारामै चल्ने हो?

जहाँ सुकै पनि निर्माण बहुत कठिन र बिनास अत्यन्त सजिलो हुन्छ। हाम्रै अनुभवमा द्वन्दको अवस्थामा सेयर बजार बुलिस ट्रेन्डमा थियो। त्यसबेला पनि धितोपत्र बोर्डले टोल टोलमा सेयर बजार धेरै बढ्यो भन्दै सचेतना कार्यक्रम गरेको थियो। तर बजार रोकिएन। त्यसैले यो सामान्य तया कसैले भनेर घटबढ हुने होइन। तर एउटा कुरा चाहिँ के भने सरकारले नै कर बढाउँछु या अंकुश लगाउने आशयका अरु केहि कुरा भन्यो भने त प्रभावित हुने भयो नि।
तर समग्रमा बजार जहिले पनि लगानीकर्ताको डर र लोभको समिकरण हो। जस्तो अस्ति नियामकहरुले कालोधन आदी कुरा गर्दा डरको बाहुल्य बढी भयो र बजार घट्यो। उक्त समिति खारेजी पश्चात उनीहरुमा लोभ बढी भयो र बजार बढ्यो। लोभ र डरलाई प्रभाव पार्ने तत्वमा चाहिँ नियामकका नीति कार्यक्रम देखि अर्थतन्त्रका फन्डामेन्टल्स, तरलता, ब्‍याजदर जस्‍ता कुराहरु पर्छन्।

लगानीकर्ता भनेका बजारको महत्वपुर्ण अवयव हुन्। त्यससँगै नियामक, बजार संचालक, ब्रोकरहरु, बजार निर्माता अवथा संस्थागत लगानीकर्ताहरु सबै मिलेर मात्र बजार बन्ने हो। एउटा परिवारको रुपमा रहेका सबैले आ आफ्नो सिमा र परिधीमा रहेर काम गरेमा बजारले सहि गति लिन्छ। सञ्चालकहरुमा संस्थागत सुशासन राम्रो हुनु पर्यो। नियामकले पनि बिवेक भुल्नु भएन।
 
हामीकहाँ 'इन्साइडर' ट्रेडिङबारे पटक पटक प्रश्न उठ्ने गरेको छ। तपाईले नै सार्वजनिक रुपमा भन्नु भएको छ, पहुँचवालाहरुले पहिले सूचना लिन्छन् र सेयर किनेबेच गरि साना लगानीकर्तलाई मार पार्दै आएका छन् ?

हो यो समस्या छ। जस्तो हालै मात्र एक कम्पनीले उच्च अनुपातमा हकप्रद सेयर जारीको निर्णय गरेको छ। त्यसले बजारमा उक्त कम्पनीको सेयर मूल्य बढी रहेको छ। यसरी हकप्रद दिने बारे कम्पनीका सञ्चालकहरुलाई त केहि पहिला नै थाहा थियो। सूचना बाहिर आएपछि उक्त सेयर किन्न सर्वासाधारण धुरिए। तर निर्णय हुनु सात दिन अघि देखि उक्त सेयर क कसले किने र उनीहरुसँग कम्पनीका सञ्चालकको सम्बन्ध के छ भनेर खोज्ने हो भने इन्साइडर कारोबारको एउटा चित्र आउन सक्छ। विदेशतिर सेयर किन्न नपाउने सञ्चालकका आफन्तहरुको सूची नै हुन्छ। हामीकहाँ त्यस्तो छैन। त्यसैले कुनै महत्वपुर्ण निर्णय गर्नु अगाडी सञ्चालकहरुले आफन्त माझ सुचना चुहाएर इन्साइडर ट्रेडिङ गराउन सक्छन्।
 


कसैले अपराध नै गर्योकालोधन नै ल्याएर बजारमा लगानी गर्यो भने अग्रिम सुचना दिएर पख तँलाइ म पक्रन आउँदैछु भन्यो भने त भागि हाल्छ नि। त्यसैले कालोधन अनुसन्धान समिति गठन पछाडीको उध्येश्य बजार घटाउनु नै हो भनेर हामीले भनेका थियौँ। अन्ततत्यहि नै सावित भयो।

यस्तो इन्साइडर कारोबारमा छिटो सुचना पाउने नियामक निकायमा कार्यरत ब्यक्तिहरु पनि संलग्न होलान्?
पहिला त यस्तो धेरै नै हुन्थ्यो। अरु नियामक भन्दा पनि बजार संचालकहरुबाट चाहिँ यस्ता गतिबिधी हुन्थे। अहिले पनि यस्ता गतिविधी हुन सक्छन्। यसमा अनुसन्धान हुनु पर्यो र नियामक निकायमा कार्यरत ब्यक्तिहरुका पनि आफन्त नातेदारलाई एउटा दायरामा बाँध्ने प्रणाली विकास गर्नु पर्यो।
जस्तो पछिल्लो समय स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयर तिब्र रुपले बढाइयो। कम्पनीले कुनै औपचारिक सुचना निकालेको छैन। तथापी हकप्रद/वोनस सेयरको हल्ला चलाएर कसले यसरी बजार बढायो भनेर अनुसन्धान त हुनु पर्यो नि। त्यसैले प्रणाली चाहियो भनेको हो।
 
केही बर्ष अघि राष्ट्र बैंकले बाणिज्य बैंकको चुक्ता पुँजी दुई अर्ब पुर्याएपछि सेयर बजारमा उछाल आयो र पछि घटेर क्र्यासकै अवस्थामा पुग्यो। अहिले आठ अर्बको प्रावधानले फेरि त्यहि गति देखिएको छ, यसरी बजारमा स्थायित्व आउला?

मैले अघि पनि भनेँ, बजारमा धेरै प्रकारका लगानीकर्ताहरु छन्। कोही संस्थागत रुपमा अध्ययन विश्लेषण गरेर लगानी गर्छन्। कोही व्यक्तिगत रुपमै लगानी गरे पनि धेरै अनुभव हासिल गरेर खारिइ सकेका छन्। यस्ता लगानीकर्ताले हकप्रद सेयर आउँछ भन्दैमा लगानी गर्दैनन्। किनभने हकप्रद सेयरले मात्र केहि दिँदैन। अझ भन्दा हकप्रद दिने त एक हिसाबले मगन्ते कम्पनी हो। किनभने आफुले कमाएर पुँजी थप्न नसकेर सेयरधनीलाई 'फैरि पैसा हालेर मलाइ चलाइ देओ' भनेर भनि रहेको हुन्छ उसले। जो सक्षम कम्पनी हुन्छ उसले पुँजी थप्नु पर्दा कमाएर बोनस सेयर दिन्छ। यो कुरा धेरै लगानीकर्ताले बुझेका छैनन्। त्यसैले हकप्रदको भरमा त कम्पनीको सेयरमूल्य बढ्नु होइन घट्नु पर्ने हो।

तर बजार हकप्रदले मात्र बढेको भन्ने चाहिँ होइन। यसमा धेरै सुधारका काम भएका छन्। डिम्याट अहिलेको सबै भन्दा ठुलो सुधार हो। यसले सेयर र पैसा दुबैको भेलोसिटी बढायो। त्यसपछी 'रिटर्न अन द इन्भेष्टमेन्ट' अझै पनि राम्रो छ। नेपाल इन्भेष्टमेन्ट बैंकको उदाहरण माथि नै दिइ सकेँ।

अझ पनि संस्थात सुशासन, ब्रोकरको क्षमता बृद्धि लगायतमा सुधार आवश्कय छ। बैंकसँग सहकार्य गरेर हुन्छ या कसरी हुन्छ ब्रोकरबाट ऋण लिएर सेयर किन्न पाउने व्यवस्थामा सहजिकरण लगायतका काम गरिनु पर्छ। हरेक बुलमा पुरानो उच्चतम अंकलाई उछिनेर नयाँ रेकर्ड बनाउनु त बजारका लागि स्वाभाविक नै हो।

 

नीति नियम बनाउनु पर्ने सेवोन अध्यक्षले पत्रिकामा लेख लेखेर बजार यस्तो हुन्छ उस्तो हुन्छ भन्नु सहि होइन। त्यसको बिरोध गर्छौँ ।तर, बजार घट्यो बढाइदेउ भन्दै चाहिँ हामी कतै गएका छैनौँजाँदा पनि जाँदैनौँ।

 

जसरी हाम्रो बजार धेरै ठूलो भइसक्यो भनिन्छ। तर वास्तवमा लगानीकर्ता र यसको सिमा हेर्दा बजार त चक्रपथ भित्र सिमित छ?
यो सत्य हो। लगानीकर्ताको रुपमा ठूलो संख्या देखिए पनि सकृय हुनेहरु थोरै छन्। अहिले डिम्याट खाता खोल्नेहरुको १० प्रतिशतले मात्र नियमित लगानी गर्ने हो भने बजारको चहल पहल अर्कै हुन्छ। आईपिओमा १०/ २० कित्ता पर्नेहरु सबैले डिम्याट एकाउन्ट खोलि रहेका छन्। उनीहरुलाई देखाएर लगानी कर्ता यति र उति पुगे भन्नुमा तुक छैन। त्यो हिसाबले त बजार सानो नै छ।

अझै पनि यसो सय/दुई सय लगानीकर्ताले बजारलाई किसिमले थेग्ने चलाउने गरेको त सत्य हो। तर मैले पुँजीकरण उच्च भइ सकेको आधारमा चाहिँ बजार ठूलो भयो भनेको हुँ। पाँच बर्ष अघि सम्म पनि २/४ करोड हात लिएर बस्नेले बजार पुरै तोडमोड गरि दिन सक्थे। अहिले त्यो संभव छैन। डिम्याट र बजार पुँजीकरण नै यसको कारण हो।
 
नेपालको कुनै दुर दराजको जिल्लाबासीले सेयर किनबेच गरुन्, बजार आओस् भनेर वातावरण बनाउने दायित्व तपाइँहरुको पनि होइन?
हो। हामी यसमा बोली रहेका छौँ। 'ब्रोकरको संख्या थप्ने भन्दा पनि भएका ब्रोकरलाई नै कम्तिमा १५ जिल्लामा शाखा खोल्न लगाउँ, यसो गरियो भने ५० ब्रोकरका ७५० शाखा पुग्छन्, त्यसो गर्दा दुर्गम जिल्लामा पनि ब्रोकर पुग्छन्' भन्ने हाम्रो भनाइ हो। 'अथवा ब्रोकरको काम गर्न बैंकलाई दिने भए पनि दिनुस् तर छिटो भन्दा छिटो आम जनताले सेवा पाउन्' भनेर हामी भनि रहेका छौँ।

त्यस बाहेक सेयर कारोबारलाई पुर्ण अटोमेसनमा लैजान हामीले माग गरेका छौँ। त्यो भनेको लगानीकर्ता आफैंले सेयर किनबेच गर्न पाउने हो। ब्रोकरको माध्यमबाट घरै बसी बसी लगानीकर्तालाई आफैं कारोबार गर्न दिइयो भने सेयरबजारमा सर्वसाधारणको उपस्‍थिती बढ्नेछ। त्यस बाहेक हरेक जिल्लामा डिम्याट खाता खोल्ने संस्थाको अनिवार्य उपस्थिती चाहिन्छ।
 
सेयर बजारको स्थायित्वको लागि संस्थागत लगानीकर्ता चाहियो भनेर म्युचिलय फन्डहरु ल्याइयो तर उनीहरुको प्रभाव देख्न सकिएन नि?
हो म्युचियल फन्डहरुको प्रभाव देख्न सकिएन। तेस्को मूल कारण त उनीहरुको आकारनै हो। १० करोड रुपैयाँका म्युचियल फन्ड छन्। ति भन्दा त कतिपय व्यक्तिगत लगानीकर्तानै शक्तिशाली छन्। व्यक्तिगत रुपमा ३०/४० करोड सम्म कारोबार गर्ने लगानीकर्ता निकै जना छन्। संस्थागत लगानीकर्ता भनि सकेपछि त कम्तिमा १/२ अर्बको क्षमता त चाहियो नि।

अहिलेको बजारमा १० करोड रुपैयाँ लिएर आउनेलाई म्युचियल फन्डनै भन्न सकिन्न। त्यसैले हामी अहिले पनि संस्थागत लगानीकर्ताको अभाव भनि रहेका छौँ। नागरिक लगानीकोष, कर्मचारी संचयकोष जस्ता संस्थाहरु आउनु पर्यो संस्थागत लगानीकर्ताको रुपमा। उनीहरु आए पनि एकै पटक १० वटा म्युचियल फन्ड बराबरको कारोबार गर्न सक्छन्। अनि मात्र बजारमा संस्थागत लगानीकर्ता छन् भन्ने अवस्था आउँछ।