दुई करोड रुपैयाँ लगानीमा लेखनाथमा खुल्यो सेती रिभरसाइड रिसोर्ट, स्थानीय उत्पादनको प्रयोग

बिजमाण्डू
२०७३ भदौ १२ गते ००:०० | Aug 28, 2016

पोखरा । लेखनाथ नगरपालिकाको वडा नं १७ चिरगादीमा शनिबारदेखि सेती रिभरसाइड रिसोर्ट प्रालि सञ्चालनमा आएको छ ।
 
स्थानीय सातजना युवाको करिब दुई करोडको संयुक्त लगानीमा सो रिसोर्ट सञ्चालनमा ल्याइएको रिसोर्टका अध्यक्ष सरोजराज अधिकारीले बताए।
 
करिब २० रोपनी जग्गामा फैलिएको सो रिसोर्टमा आउने पर्यटकलाई  स्थानीय फार्मबाट उत्पादन भएका कुखुरा, बाख्रा तथा माछाका परिकार खुवाइने अध्यक्ष अधिकारीको जानकारी दिए।
 
रिसोर्टमा सिङ्गल तथा डबल बेडसहितका १० वटा कोठा रहेका छन् भने प्रौढ तथा बच्चाका लागि छुट्टै पौडी पोखरीको समेत व्यवस्था गरिएको  छ ।      
 
लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोकबहादुर भण्डारीले रिसोर्टको  शुभारम्भ गरे ।
 
पछिल्लो समय सहरी कोलाहलमा भन्दा ग्रामीण क्षेत्रहरुमा पर्यटकको आकर्षण बढेको र नदीको किनारमा रहेको रिसोर्टबाट पर्यटकले सेती नदी र हिमशृङ्लाको रमणीय दृश्यावलोकन गर्दै रमाउने गर्ने गरेको पाइएको छ । रासस

Tata
GBIME
Nepal Life