प्रधानमन्त्रीले भने-‘दसैँ तिहारमा कुनै वस्तुको अभाव हुनेछैन, यातायातको पनि समस्या हुँदैन’

बिजमाण्डू
२०७३ भदौ ११ गते ००:०० | Aug 27, 2016

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले यो वर्षको दसैँ र तिहारजस्ता चाडपर्वमा कुनै पनि दैनिक उपभोग्य वस्तुको अभाव नहुने बताए छ ।
 
हरेक वर्षजसो दसैँ तिहारजस्ता चाडपर्वमा हुने दैनिक उपभोग्य वस्तुको अभाव यो वर्ष हुनेछैन, नेपाल टेलिभिजनद्वारा शनिबार प्रसारित ‘सिधाकुरा प्रधानमन्त्रीसँग’ कार्यक्रममा कुरा गर्दै प्रधानमन्त्री दाहालले भने –“यो वर्ष यातायातको पनि कुनै समस्या हुनेछैन ।”
 
आमजनताको जीवनमा प्रत्यक्ष अनुभूति हुनेगरी सूचना तथा सञ्चारलाई जोड्ने र त्यसको सदुपयोग कसरी गर्ने भन्नेबारेमा गम्भीर छलफल भइरहेको उनको भनाइ थियो । 
 
प्रधानमन्त्री दाहालले पछिल्लो समय मुलुकका विभिन्न स्थानमा भइरहेका सवारी दुर्घटना न्यूनीकरण गर्न पहल भइरहेको पनि बताए ।
 
उनले भारत र चीन दुवै छिमेकी मुलुकलाई नेपालको सहयोगीका रूपमा राख्ने वातावरण सिर्जना गर्नेतर्फ आफ्नो आगामी भ्रमण केन्द्रित हुने प्रष्ट पारे ।
 
विदेशमा रहेका लाखौं नेपालीले भोग्नुपरेका समस्यालाई सम्बोधन गर्नेतर्फ आफू प्रधानमन्त्री भएकै दिनदेखि नै प्रयास गरेको र त्यसका लागि नीतिगत सुधार गर्ने तयारी भइरहेको पनि उनले बताए। रासस

Tata
GBIME
Nepal Life