श्री इन्भेष्टमेन्टको साढे १० प्रतिशत वोनस सेयर, चुक्ता पुँजीमा तीन करोड दुई लाख रुपैयाँ थपिने

बिजमाण्डू
२०७३ भदौ १० गते ००:०० | Aug 26, 2016

काठमाडौं । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सले साढे १० प्रतिशत वोनस सेयर दिने भएको छ । कम्पनीकले २४१औं‌ सञ्चालक समितिको वैठकले कर प्रयोजनका लागि ०.५५ प्रतिशतका दरले नगद लाभांस दिने पनि प्रस्ताव गरेको छ ।
 
गत बर्षको नाफाबाट लाभांस घोषणा गर्ने श्री इन्भेष्टमेन्ट १४‍औं कम्पनी हो । चार फाइनान्स कम्पनीले यसअघि नै लाभांस घोषणा गरिसकेका छन् ।
 
अहिले कम्पनीको चुक्ता पुँजी २२ करोड रुपैयाँ छ । वोनस सेयरपछि पुँजी दुई करोड ३१ लाख रुपैयाँले थपिने छ । गत आर्थिक बर्ष कम्पनीले  तीन करोड दुई लाख रुपैयाँ नाफा गरेको थियो ।

Tata
GBIME
Nepal Life