साउन महिनामा आयो ४७ अर्ब लगानी प्रतिवद्धता, ४२ अर्ब लगानी गर्ने उर्जा कम्पनी दर्ता

बिजमाण्डू
२०७३ भदौ १० गते ००:०० | Aug 26, 2016
साउन महिनामा आयो ४७ अर्ब लगानी प्रतिवद्धता, ४२ अर्ब लगानी गर्ने उर्जा कम्पनी दर्ता


  • अमर बडुवाल/बिजमाण्डू

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो महिनामै ठूलो स्वदेशी लगानीको प्रतिवद्धता आएको छ । चालु आर्थिक वर्ष २०७३/०७४को पहिलो महिना साउनमा ४७ अर्ब ३८ करोडको लगानी गर्ने प्रतिवद्धतासहित उद्योग दर्ता भएका छन् ।

गत वर्षको पहिलो महिनामा जम्मा जम्मा ५ अर्ब ८७ करोड रुपैँया बराबरको स्वदेशी लगानीको प्रतिबद्धता आएको थियो ।उद्योग विभागका अनुसार साउनमा आएको लगानी गत आर्थिक वर्षको भन्दा झन्डै आधाजतिनै हो ।  गत आर्थिक वर्षभरी १ खर्ब २२ अर्ब कुल लगानीको प्रतिवद्धता आएको थियो । विभागका अनुसार साउन महिनामा जलविद्युत उत्पादनका लागि ४२ अर्बको लगानीसहित एस सी कम्पनी दर्ता भएकोले लगानी ठूलो देखिएको हो ।

Tata
GBIME
Nepal Life

 विभागका अनुसार साउन महिनामा निर्माण क्षेत्रमा १ अर्बको लगानीसहित निर्माण कम्पनी दर्ता भएको छ । उत्पादनमूलक क्षेत्रमा सात वटा कम्पनीले १ अर्ब ६६ करोड लगानी गर्ने प्रतिवद्धता जनाएका छन् । सेवा र पर्यटन क्षेत्रमा दुर्इ/ दुर्इवटा कम्पनीले क्रमश १ अर्ब २० करोड र ३२ करोड ९० लाख लगानी गर्ने प्रतिवद्धतासहित उद्योग विभागमा दर्ता भएका छन् ।
 
गत वर्ष भूकम्प, नाकाबन्दीका कारण लगानी कम भएको थियो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका गत वर्ष नाकाबन्दीका कारण लगानीकर्ता हत्तोसाहित भएर लगानी कम भएको बताए । उनले लगानीको वातावरण बनेमा लगानी गर्न कुनै समस्या नरहेको बताए ।राजनीतिक वातावरण सुध्रिने हो भने लगानीका लागि खासै ठूलो समस्या छैन । सानो अर्थतन्त्र भएको मुलुकमा केही सुधार गर्नेवितिकै ठूलो परिवर्तन आउँछ, उनले बिजमाण्डूसँग भने, राजनीतिक अनुकल भएर नीतिगत स्थिरता हुने हो भने मुलुकमा लगानी ओइरिन्छ र अर्थतन्त्रमा ठूलो परिवर्तन आउँछ ।
 
यो वर्षको पहिलो महिनामा विदेशी लगानीको प्रतिबद्धता भने ७९ करोड मात्रै भएको छ । अघिल्लो वर्षको पहिलो महिनामा पनि ७९ करोड नै विदेशी लगानीको प्रतिबद्धता आएको थियो ।यो वर्षको पहिलो महिनामा मात्रै स्वदेशी लगानी तर्फ २ हजार ८ सय ७८ जनाले रोजगारीको अवसर पाउने अनुमान गरिएको छ भने विदेशी लगानी तर्फ १ हजार ४ सय ४ जनाले रोजगारीको अवसर पाउने अनुमान गरिएको छ ।

दर्ता भएका उद्योग र रोजगारी प्रतिवद्धता

संस्थापक लगानी कर्ता २०७३ साउन महिनाको लगानी दर्ता भएका उद्योगको संख्या २०७३ साउनको  रोजगारी संख्या
नेपाली लगानी कर्ता ४७ अर्ब ३८ करोड ४७ (साना ३३ मध्यम ११ ठुला १३ )  २,८७८ जना
विदेशी लगानी कर्ता ७९ करोड २ लाख ४६ (साना ४२ मध्यम ४ )  १,४०४ जना

 
कुनकुन क्षेत्रमा आउँदैछ ठुला १३ उद्योगको लगानी

क्षेत्र संख्या जम्मा पुँजी रोजगारी
निर्माण १ अर्ब ८०
उर्जा ४२ अर्ब १० करोड ८०
उत्पादनमूलक १ अर्ब ६६ करोड ५५६
सेवा १ अर्ब २० करोड ४६४
पर्यटन ३२ करोड ९० लाख २७१