रुगंटा औद्योगिक घाराना सामाजिक काममा,रुगटा वेलफेयरद्धारा अस्पताललार्इ डायलायसिस मेशिन सहयोग

बिजमाण्डू
२०७३ भदौ ८ गते ००:०० | Aug 24, 2016
  • राधेश्याम पटेल/बिजमाण्डू

वीरगन्ज । वीरगन्जको औद्योगिक घाराना रुंगटा वेलफेयर सोसाईटीले नारायणी उपक्षेत्रिय अस्पताल वीरगन्जलाई १० लाख पर्ने डायलायसिस मेशिन हस्तान्तरण गरेको छ ।

सोसाईटीका अध्यक्ष मुर्लीधर रुंगटाले नारायणी उपक्षेत्रिय अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. रामपरीक्षण यादवलाई डायलायसिस मेशीन हस्तान्तरण गरे । मेशीन बुधवारबाटै संचालनमा आएको छ ।  

नारायणी उपक्षेत्रीय अस्पतालमा पटकपटक डायलायसिस मेशिनको अभाव र सेवा ठप्प भएको थाहा पाएपछि मेशिन सहयोग गरेको सोसाइटीका सदस्य सुरेश रुगटाले बताए । संघीय समाजवादी फोरम नेपाल पर्सा अध्यक्ष प्रदीप यादवले अस्पताल सुधारका लागि वीरगञ्जका स्थानीयबासीको समेत सहयोग आवश्यक रहेको बताए । 
 
उद्योगी एवं राप्रपा नेपालका सांसद श्यामसुन्दर डिबडेवालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मेडिकल सुपरिटेन्डेन्ट डा रामपरिक्षण यादव, मधेसी जनअधिकार फोरम नेपालका पर्सा अध्यक्ष प्रदिप यादव, डा. निरज कुमार सिंह, नेपाल रेडक्रस सोसाईटी पर्साकी मधु राणा,पर्सा प्रहरीका प्रवक्ता हाविन्द्र वोगटी, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम वञ्जरा लगायतले मन्तव्य राखेका थिए ।

Tata
GBIME
Nepal Life

रुगटा औद्योगिक घरानाले आफुले गरेको मुनाफाबाट समाज सेवाको लागि रुगटा वेलफेर सोसाइटीको सञ्चालन गरेका छन् । सोसाइटीले पर्साको शिक्षा ,स्वास्थ्य ,जनकल्याणको क्षेत्रमा  सहयोग गर्दै आएको छ ।