मिर्मिरे लघुवित्तमा सिइओको जागिर, स्नातकोत्तर गरेर व्यवस्थापनमा बसेकाले आवेदन दिनसक्ने

बिजमाण्डू
२०७३ भदौ ६ गते ००:०० | Aug 22, 2016
काठमाडौं । तपाई स्नातकोत्तर हुनु हुन्छ ? र, तपाईसँग बैंक तथा वित्तीय संस्थाको ब्यवस्थापन तहमा बसेर काम गरेको पाँचदेखि १० बर्षको अनुभव छ भने मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृतको जागिर खुलेको छ ।
 
विपन्न वर्गलाई कर्जा प्रवाह गर्ने उद्देश्य वोकेर खुलेको मिर्मिरेले सोमबार सिइओको लागि आवेदन माग गरेको छ । तलव तथा सुविधा के हुने भनेर नखुलाइए पनि कम्पनीको नियम अनुसार दिइने विज्ञापनमा उल्लेख गरेको छ ।
 
जागिरका लागि तपाईले कम्पनीको इमेल ठेगाना [email protected] मा १५ दिनभित्र आवेदन पठाइसक्नु पर्छ । तपाईले व्यक्तिगत विवगरण (CV), पासपोर्ट साइजको एक प्रति फोटो, शैक्षिक प्रमाणपत्रको कपि र अनुभव प्रमाणपत्रको कपि इमेल गर्नु पर्ने हुन्छ ।
 
बैंकले सर्टलिस्ट गरेपछि तपाईलाई अन्तर्वार्ताका लागि वोलाउने छ । लघुवित्त क्षेत्रमा काम गर्नेलाई वढि प्राथमिकता दिने बैंकले जनाएको छ । तपाईको परिक्षा बैंकले प्रस्तुतीकरण र अन्तर्वार्ता गरेर लिने छ ।

Tata
GBIME
Nepal Life