युनिलिभर नेपालको नयाँ प्रवन्ध निर्देशकमा सुयश चौहान नियुक्त, बजार रिभाइभ गर्ने चुनौती

बिजमाण्डू
२०७३ साउन २५ गते ००:०० | Aug 9, 2016
युनिलिभर नेपालको नयाँ प्रवन्ध निर्देशकमा सुयश चौहान नियुक्त, बजार रिभाइभ गर्ने चुनौती


काठमाडौं। बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालको प्रवन्ध निर्देशकमा सुयश चौहान नियुक्त भएका छन्। यसअघि युनिलिभर नेपालको प्रवन्ध निर्देशकमा श्रीकान्त श्रीनिवास माधवन थिए।

Tata
GBIME
Nepal Life

हिन्दुस्तान युनिलिभर लिमिटेडमा कस्टमर मार्केटिङका महाप्रवन्धक सुयशलाई अघिल्लो शुक्रवारदेखि लागू हुने गरी प्रवन्ध निर्देशक बनाइएको हो। युनिलिभरमा हिन्दुस्तान युनिलिभर लिमिटेडको ८० प्रतिशत सेयर स्वामित्व छ।

कम्पनीमा रविभक्त श्रेष्ठको कम्पनी शिवविक्रम ल्याण्ड एण्ड आइसक्रिमको ४६ हजार कित्ता सेयर छ भने सर्वसाधरणको एक लाख ३८ हजार कित्ता सेयर छ।

गत वर्षको भुकम्प तथा नाकावन्दीपछि युनिलिभरको कारोवारमा असर परेको छ।

बहुमत सेयरधनी भएका कारण युनिलिभरमा भारतबाट नै प्रवन्ध निर्देशक नियुक्त हुने गरेको छ। नेपालको सेयर बजारमा युनिलिभर सबैभन्दा महँगो कम्पनी हो। कम्पनीको नेपाल स्टकमा एक कित्ताको सेयर ३३ हजार रुपैयाँभन्दा माथि कारोवार भैरहेको छ।

दुई दिन अघि मात्रै युनिलिभरमा २८ दिनदेखि मजदुरले गर्दै आएको आन्दोलन समेत टुङ्गिएको छ। अब मजदुरले दुई वर्षसम्म विना अवरोध काम गर्ने प्रतिवद्धता जनाएका छन्। 

युनिलिभरले गत आर्थिक वर्षमा पाँच अर्व ४८ करोड रुपैयाँको कारोवार गरेको थियो।