भूकम्प प्रभावित क्षेत्रमा निर्माण सामाग्रीको रिसोर्स हब बनाउने,निर्माण सामाग्री सहजै

बिजमाण्डू
२०७३ साउन १४ गते ००:०० | Jul 29, 2016

काठमाडौं ।पुर्ननिर्माण प्राधिकरणले भूकम्पका कारण क्षति भएका घरहरुको पुर्ननिर्माण लागि सहयोग पुर्याउन प्रभावित जिल्लाका प्रत्येक निर्वाचन क्षेत्रमा निर्माण सामाग्रीको हब निर्माण गर्ने भएको छ ।  यो हबमा सबै किसिमका निर्माण सामाग्री पाइनेछ ।

Tata
GBIME
Nepal Life

‍राष्ट्रिय व्यवसायिक पहल (एनविआइ) ले सार्वजनिक गरेको 'आकस्मिक पूर्वतयारीका लागि व्यावसायिक रणनीतिक योजना' सम्वन्धि पुस्तक विमोचन कार्यक्रममा प्राधिकरणका सिइओ सुशिल ज्ञवालीले पुननिर्माणका लागि आवश्यक निर्माण सामाग्रीको अभाव नहोस भनेर रिर्सोस हब बनाउन लागिएको बताए । उनले निर्माण सामाग्रीको अभावमा धेरै स्थानमा पुर्ननिर्माण अघि बढाउन कठिन भएको बताउँदै त्यही अभाव हटाउन रिर्सोस हबको अवधारणा आएको बताए ।

'हामी भूकम्प पिडित जिल्लाहरुको पुननिर्माणको काम चाँडो गर्न चाहन्छौ' ज्ञवालीले भने ' पुननिर्माणको काममा सहयोग होस भनेर निर्वाचन क्षेत्रको सेन्टरमा पर्नेगरी र यातायातको सहज पहुँच भएको ठाउँमा यस हबको निर्माण गर्दैछौं।'ज्ञवालीले पुर्ननिर्माणमा निजी क्षेत्रको सहयोग पाएको बताउँदै हालको परिस्थितिमा पनि सहयोगको लागि हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताए।

तीनबर्षभित्र भूकम्पले भत्काएका दश हजार घरहरु बनाइसक्ने लक्ष्यका साथ पुर्ननिर्माण प्राधिकरणले योजना बनाइरहेको बताउँदै ज्ञवालीले पुर्ननिर्माणका आवश्यक निर्माण सामाग्रीका लागि निजी क्षेत्रसँग हातेमालो गर्ने बताए ।कार्यक्रममा एनविआइका अध्यक्ष पद्म ज्योतीले प्राकृतिक प्रकोपको पुर्व तयारी नगर्दा भूकम्पमा धेरै क्षति ब्यहोर्नुपरेको बताए । कार्यक्रममा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट)का कार्यकारी निर्देशक आमोदमणी दीक्षितले नेपालको भूधरातल अत्यन्त जोखिममा रहेको भन्दै कुनैपनि संरचना निर्माण गर्दा प्राकृतिक विपत्तिले केही नहुने संरचना निर्माण गर्न सुझाव दिए।