सिजी मोबाइल्सले ल्यायो इओन ब्लेजगोल्ड नेपाली बजारमा, मुल्य नौ हजार रुपैयाँ

बिजमाण्डू
२०७३ साउन १४ गते ००:०० | Jul 29, 2016
सिजी मोबाइल्सले ल्यायो इओन ब्लेजगोल्ड नेपाली बजारमा, मुल्य नौ हजार रुपैयाँ

काठमाडौं । सिजी मोबाइलले  सिजी इओन ब्लेजगोल्ड मोबाइल नेपाली बजारमा ल्याएको छ । एण्ड्रोइडको मार्सम्यालो ६.० अपरेटिङ सिस्टम रहेको यो मोबाइलको मुल्य ८ हजार ८ सय ८८ रुपैयाँ रहेको छ।
 
कम्पनीका अनुसार यो मोबाइलमा ५ इञ्चको डिस्प्ले र २.५ डि को आइपिएस प्रविधि  छ।मोबाइलमा १३ मेगापिक्सलको रियर क्यामरा छ भने पाँच मेगापिक्सलको फ्रन्ट क्यामरा  छ। मोबाइलमा १.३ क्वाडकोर प्रोसेसरमा आधारित रहेको कम्पनीले जनाएको छ ।
 
.६ मिलिमिटर पातलो रहेको यस मोबाइलमा १६ जिबिको र्‍याम छ भने ३२ जीबीसम्म बढाउन सकिने कम्पनीले जनाएको छ ।

Tata
GBIME
Nepal Life