पाँच किसान जोसँग अर्बौं रुपैयाँको सम्पति, भटमास खेतीदेखि गाई पालनसम्म, विदेशमा अर्बौं निर्यात

बिजमाण्डू
२०७३ साउन १४ गते ००:०० | Jul 29, 2016
पाँच किसान जोसँग अर्बौं रुपैयाँको सम्पति, भटमास खेतीदेखि गाई पालनसम्म, विदेशमा अर्बौं निर्यात


काठमाडौं । किसान भन्ने वित्तिकै तपाईको अगाडि कस्तो तस्बिर आउँछ ? पक्का पनि माटो लागेका हातगोडा, फुटेका शरिर र एउटा सामान्य आम्दानी गरेर पेट पाल्ने झुस्स दारी पालेको मान्छे ।
 
तर बिश्वमा यस्ता पनि किसान छन्, जसको अर्बौंको सम्पति छ । सन्सारकै सबैभन्दा ठूला सेयर खेलाडी भनेर चिनिने वारेन वुफेटका छोरासमेत किसान छन् ।
 
लियु योघाउ
उनको कुल नेटवर्थ ४७१६८ करोड रुपैयाँ बराबरको छ । चीनका नागरिक लियुले सरकारी जागिर छाडेर खेतीकिसानीको बाटो छानेका हुन् । उनी सम्पतिका हिसावले सन्सारकै सबैभन्दा वढि धन हुने किसान हुन् । फोर्ब्स म्यागेजिनका अनुसार लियुसँगै उनका अरु दुई भाइले सरकारी जागिर छाडेर खेती गर्ने बाटो चुनेका हुन् । आउ उनीसँग चीनसँगै अस्ट्रेलियामासमेत हजारौं हेक्टरको कृषि फार्म छ । भर्खरै उनले अस्ट्रेलियामा रियलस्टेट व्यवसाय पनि सुरु गरेका छन् ।
 
ह्यारी स्टाइन
अमेरिकी नागरिक ह्यारी स्टाइनसँग १३६६८ करोड रुपैयाँ बराबरको नेटवर्थ छ । ५० बर्षका ह्यारी भटमासको खेती गर्छन् । अमेरिकाको लोवा निवासी ह्यारीसँग १० एकड जमिन छ, जहाँ उनले भटमासको खेती गर्छन् ।

उनी हाइब्रिड बिरुवा उत्पादकका रुपमा पनि चिनिन्छन् । मोनसेन्टो र सिग्नेटाले पनि यीनकै फार्मबाट वीउ तथा विरुवा लैजान्छन् । उनले सन् १९६० देखि उनले खेती सुरु गरेका हुन् । उनले भर्खरै स्टाइन सिड नामको कम्पनी सञ्चालनमा ल्याएका छन् ।
 
ब्लेरो म्यागी
ब्राजिलका ब्लेरोसँग १२३२८ करोड रुपैयाँ बराबरको कुल नेटवर्थ छ । उनी ब्राजिलका सबैभन्दा ठूला भटमास खेती गर्ने ब्यक्ति हुन् छ । म्यागीको उत्पादनलाई हटाउने हो भने ब्राजिल सवैभन्दा वढि भटमास उत्पादन गर्ने दोस्रो देशबाट पाँचौं नम्बरमा पुग्छ । उनी ब्राजिलमा चार लाख हेक्टर जमिनमा भटमास उत्पादन गर्छन् । उनी दुई पटक ब्राजिलको सिनेटरमा पनि  चुनिइसकेका छन् । उनलाई कृषि मन्त्रीसमेत भइसकेका छन् । उनको फार्मको उत्पादनको सबैभन्दा ठूलो खरीदकर्ता चीन हो ।
 
टोनी पेरिच
अस्ट्रेलियाका टोनीसँग ८२५४.४ करोड रुपैयाँ बराबरको सम्पति छ । उनी डेरी किसान हुन् । उनले सन् १९५१ मा २५ वटा गाईबाट फार्मिङ सुरु गरेका हुन् ।

आज उनीसँग दुई हजार गाइ र ११ हजार  हेक्टरमा फैलिएको कृषि फार्म छ । उनले भर्खरै १२०० वटा फ्ल्याट भएको हाउजिङको पनि डेभलप गरिरहेका छन् ।
 
हावर्ड वुफेट
अमेरिकी किसान हावर्डसँगै २१४४ करोड रुपैयाँ बराबरको सम्पति छ । उनी सेयर खेलाडी वारेन वुफेटका जेठा छोरा हुन् । उनलाई आफ्ना पिताले तीन पटक कलेजमा एडमिसन गराए तर तीनै पटक हावर्डले पढाइ छाडे । उनी पनि भटमास उत्पादन गर्ने किसान हुन् ।

उनीसँग आज ३९०० एकड जमिन अरीजोनामा छ भने ९२०० एकड जमिन साउथ अफ्रिकामा छ । उनी अहिले ४४०० एकड जमिनमा खेती गरिरहेका छन् । उनीसँग ५० वटा जति  ट्याक्टर छ भने  २ लाख ५० हजार डलर बराबरको कृषि मेसिनहरु छन् ।

Tata
GBIME
Nepal Life