खानेपानी शुद्ध नपाएर हैरान हुनुहुन्छ?, केन्ट प्युरिफायरले पानी शतप्रतिशत शुद्ध पार्ने

बिजमाण्डू
२०७३ साउन १४ गते ००:०० | Jul 29, 2016
खानेपानी शुद्ध नपाएर हैरान हुनुहुन्छ?, केन्ट प्युरिफायरले पानी शतप्रतिशत शुद्ध पार्ने


काठमाडौं । तपार्इ खानेपानीको समस्याले पिरोलिरहनुभएको छ ?, जारको खानेपानी समेत गुणस्तर नहुँदा धेरै उपभोक्ता समस्यामा छन् । तर अब खानेपानीको शुद्धताका लागि चिन्ता लिनुपर्दैन् ।

केन्टको नयाँ वाटर प्युरिफायर आएको छ जसले तपार्इको खानेपानीको शुद्धताको प्रश्नलार्इ समाधान गरिदिनेछ । केन्टको नयाँ सुपर्ब स्मार्ट आरओ वाटर प्युरिफायर नेपाली बजारमा आएको छ । कम्पनीका अनुसार यो प्युरिफायरले पानी शुद्धिकरणको समय र कार्यक्षमता समेत देखाउँछ । प्रयोगकर्ताले आफैले पानी शुद्धिकरण हेर्न सक्छ । यो प्युरिफायरनवीन डिष्ट्रिब्युटर्सले ल्याएको हो ।

Tata
GBIME
Nepal Life

नेपालका लागि केन्ट ब्राण्डको आधिकारिक बिक्रेता नवीनले केन्टका उत्पादन नेपाली बजारमा ल्याएर बिक्री सुरु गरिसकेको छ ।पिउने पानी शुद्धिकरणका लागि विश्व विख्यात केन्टका अत्याधुनिक तथा गुणस्तरीय उत्पादनहरुमा केन्ट ग्राण्ड प्लस, केन्ट पर्ल, केन्ट सुप्रिम लगायतका छन् ।

केन्ट सुपर्ब स्मार्ट आरओ वाटर प्युरिफाएरमा इन्टरयाक्टिभ टच स्क्रिन डिस्प्ले र पानी शुद्धिकरण हुने सही समय, कार्य क्षमता र संचालित कार्यको अनुगमन गर्न सकिने सुविधा  छन् । एउटैमा सम्पुर्ण सुविधा भएको र भित्तामा अड्याउन मिल्ने डिजाइन भएकोले नेपाली भान्छाहरुका लागि उपयुक्त हुने कम्पनीको दाबी छ ।  यो प्युरिफायरको मूल्य ३७ हजार पाँच सय रुपैयाँ छ ।  नवीन डिष्ट्रिब्युटर्सको देशव्यापी संजाल छ ।कम्पनीले केन्ट वाहेक हाइसेन्स, ह्वर्लपुल, बाल्टेरियो र खेतानको पनि आधिकारिक वितरक हो ।