यति डेभलपमेन्ट बैंकको नाफा सवा ३६ करोड रुपैयाँ नाघ्यो, प्रति सेयर आम्दानी पनि २६ रुपैयाँ नाघ्यो

बिजमाण्डू
२०७३ साउन १४ गते ००:०० | Jul 29, 2016

काठमाडौं । यति डेभलपमेन्ट बैंकले ३६ करोड २९ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको अघिल्लो बर्षको नाफा  १३ करोड ९२ लाख रुपैयाँ थियो ।
 
बैंकले खुद ब्याज आम्दानीमा गरेको बढोत्तरी र डुबेको मध्ये केही ऋण उठाएका कारण नाफा उल्लेख्य बढेको हो । बैंकले यसपाली ३७ करोड ९३ लाख रुपैयाँ गरेको छ । डुबेकोमध्ये ४२ करोड ३६ लाख रुपैयाँसमेत उठाएको छ ।
 
एक अर्ब ३८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकसँग सर्वसाधारणको १० अर्ब ८६ करोड रुपैयाँ निक्षेप छ । बैंकले  ८ अर्ब ७६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
 
बैंकको प्रति सेयर आम्दानी २६ रुपैयाँभन्दा वढि छ । बैंकको सेयरको मूल्य आम्दानी अनुपात  १२.३ गुणा छ । प्रति सेयर नेटवर्थ १०० रुपैयाँभन्दा वढि छ ।

Tata
GBIME
Nepal Life