बैकिङ च्यानलमा वित्तीय अपराध नियन्त्रण स्ट्याण्डर्ड चार्टर्डले दियो २८ बैंकका ८२ जनालाई तालिम

बिजमाण्डू
२०७३ साउन १३ गते ००:०० | Jul 28, 2016
बैकिङ च्यानलमा वित्तीय अपराध नियन्त्रण स्ट्याण्डर्ड चार्टर्डले दियो २८ बैंकका ८२ जनालाई तालिम


काठमाडौं । बैंकिङ च्यानलमा वित्तीय अपराध नियन्त्रणका लागि स्टाण्डर्ड चार्टर्ड बैंकले बिहिवार काठमाडौंमा ‘करेस्पोण्डेट बैंकिङ्ग’ कार्यशाला गोष्ठी आयोजना गरेको छ । कार्यक्रममा नेपालका २८ वटा वाणिज्य बैंकका ८२ जनाले सहभागिता जनाएका थिए । 
गोष्ठीमा नेपालमा रहेका बैंकलाईं उपयोग गरी हुन सक्ने वित्तीय अपराधबाट कसरी जोगिने भन्ने विषयमा छलफल गरिएको थियो । त्यस्तै बैंकिङ जोखिम तथा जोखिम न्यूनीकरणका उदाहरणहरुका बारेमा पनि कार्यक्रममा छलफल गरिएको थियो । 
 
कार्यक्रममा सिंगापुरमा कार्यरत करेस्पोण्डेन्ट बैंकिङ्गका विज्ञ गुरप्रीत धालिवालले अपराध अनुपालना सम्बन्धी विषयमा जानकारी दिएका थिए । उनले आतंकवादी कृयाकलापमा वित्तिय लगानी तथा अन्र्तराष्ट्रिय आर्थिक नाकावन्दी विषयमा जानकारी दिएका थिए । त्यसैगरी उनले एएमएल÷सिएफटीसँग सम्वन्धित आधारभुत क्रियाकलापका विषयमा पनि स्पष्ट पारेका थिए । 
 
त्यसैगरी ट्रान्ज्याक्सन बैंकिङ्ग सेवाका कार्यकारी निर्देशक तथा दक्षिण एसिया क्षेत्र प्रमुख शिवरामन सुब्रमन्यमले करेस्पोण्डेट बैंकिङ्गका विषयमा जानकारी दिएका थिए । स्विफटका तर्फबाट नाओफुमी सुकेगावाले स्विफटअन्र्तरगत ग्राहक पहिचानका  विषयमा जानकारी दिएका थिए ।

Tata
GBIME
Nepal Life

स्टाण्डर्ड चार्टर्ड नेपालका वित्तीय अपराध नियन्त्रण इकाई प्रमुख राजेस वास्तोलाले व्यापारीक कारोवारमा मनी लन्डरीङ्ग सम्बन्धी जोखीमका विषयमा बताएका थिए । 
 

स्टाण्डर्ड चार्टर्ड बैंकका विज्ञहरुद्धारा सञ्चालन गरिएको कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले बैंकहरुलाई अन्तर्राष्ट्रिय विज्ञबाट सिकेका असल कुराबाट वित्तिय अपराध विरुद्ध लाग्न मद्धत मिल्ने आशा व्यक्त गरे । 
 
स्टाण्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत जेसेफ सिल्भानुसले स्वागत मन्तव्य दिएका थिए ।