पर्सामै भयो ५२ करोड फ्रिज, एक दर्जन निकायले खर्च गर्न सकेनन् पुँजीगत बजेट, ठेकेदार पनि दोषी

बिजमाण्डू
२०७३ साउन १२ गते ००:०० | Jul 27, 2016
  • राधेश्याम पटेल/बिजमाण्डू
वीरगञ्ज । पर्सा जिल्लामा गत आर्थिक बर्षमा करिब ५२ करोड रुपैयाँ खर्च हुन नसकेर फ्रिज भएको खबर छ । जिल्लाका सरकारी कार्यालयले बिनियोजित मध्ये ५२ करोड रुपैयाँ विकास बजेट खर्च गर्न नसके पछि रकम फ्रिज भएको हो ।
 
विकास बजेट बढी खर्च गर्न नसक्नेमा सिंचाई मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, भौतिक योजना, निर्माण तथा यातायात व्यवस्था मन्त्रालय र शहरी विकास मन्त्रालय अन्तर्गतका कार्यालय बढी रहेको कोष तथा लेखा नियन्त्रण कार्यालय वीरगञ्जका नियन्त्रक हृदय नारायण साहले बताए ।
 
यी मन्त्रालय तथा अन्य मन्त्रालय मातहतका कार्यालयका लागि जिल्लामा गत आवमा कूल एक अर्ब ६८ करोड ९४ लाख ९१ हजार एक सय ८४ रुपैया विकास बजेट आएकोमा एक अर्ब १६ करोड ४६ लाख २३ हजार नौं सय १९ रुपैया मात्र खर्च भएको हो । 
 
जिल्ला विकास समिति मातहतका आयोजनामा सबैभन्दा बढी विकास बजेट खर्च सकेन । स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्यालले जिबिसको कूल फ्रिज भएको रकम मध्ये झण्डै आधा सुनौला हजार दिन कार्यक्रमको रकम रहेको बताए । अघिल्लो आवमा यो कार्यक्रम संचालन भएको ११ गाबिसले कामको बिल फछ्र्यौट नगरेकाले उनीहरुलाई गत आवको लागि रकम दिन नसकिएको उनले बताए ।

Tata
GBIME
Nepal Life

गत आवमा थप गरिएका ११ गाबिसले पनि आर्थिक बर्षको अन्तिम चरण तिर आएर काम थालेको उनले बताए । सडक र पुलमा खर्च हुन नसकेको तीन करोड रुपैयाँको हकमा ठेकेदारले द्रुत गतिमा काम गर्न नसक्नु मुख्य कारण रहेको पनि उनले अर्यालले बताए ।
 

हुलाकी राजमार्ग आयोजना कार्यालय मार्फत गत आवमा राजमार्गका लागि आएको २० करोड रुपैया बजेट मध्ये ४ करोड रुपैया मात्र खर्च भयो । बा“की १६ करोड रुपैया मध्ये १० करोड सडक बिभागमै फिर्ता गएको र ६ करोड रुपैया फ्रिज भएको छ । ठेकेदारले काम गर्न नसक्नु र काम गरेको जति पनि बिल बिजक समयमा पेश गर्न नसक्दा यती धेरै रकम फ्रिज भएको हो ।