भारतले आलुमा कर लगाएपछि नेपालमा पनि भाउ वढ्दै, भारी बर्षाले स्थानीय खेतिसमेत प्रभावित

बिजमाण्डू
२०७३ साउन १२ गते ००:०० | Jul 27, 2016
भारतले आलुमा कर लगाएपछि नेपालमा पनि भाउ वढ्दै, भारी बर्षाले स्थानीय खेतिसमेत प्रभावित


काठमाडौं । लगातारको बर्षाले आलु खेती प्रभावित भइरहेका बेला भारतले पनि निर्यात शुल्क बढाउँदा नेपालमा यसको मूल्य बढ्ने भएको छ ।
 
भारत सरकारले आन्तरिक बजारमा आलुको माग वढेको भन्दै त्यसको निर्यातलाई निरुत्साहित गर्न न्युनतम निर्यात मूल्य (एमइपि) लगाउने निर्णय गरेको छ । विदेश ब्यापार महानिर्देशनालयले मंगलबारबाट निर्यातमा शुल्क लगाएको हो । अब एक टन आलु निर्यातमा ३६० डलर एमइपि लाग्ने छ ।
 
एमइपि लगाउनुको उद्देश्य भारतीय बजारमा आपुर्ति बढाउनु हो । नेपालले आन्तरिक खपतका लागि भारतबाटै आलु आयात गर्ने गरेको छ । स्थानीय उत्पादनले अपुग हुने आलु भारतबाट आउने भएकाले अब एमइपि लागू भएपछि नेपालमा पनि मूल्य बढ्ने भएको हो ।
 
२०१५ फरवरीमा आलुको भाउ निकै घटेपछि भारत सरकारले यस्तो शुल्क हटाएको थियो । अब भारतबाट नेपाल निर्यात हुने आलुको मूल्य न्युनतम ३८ हजार ७८७ रुपैयाँ प्रति टन पुगेको छ । यसमा यातायात तथा व्यवसायीको नाफा राखिएको छैन ।
 
यो महिना मात्रै भारतीय बजारमा आलुको खुद्रा मूल्य प्रति किलो सात रुपैयाँसम्म वढेको छ । आलु महँगिन थालेपछि मूल्य वढाउनु परेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

Tata
GBIME
Nepal Life