बाणिज्य बैंकले माग्यो करिब दुई सय कर्मचारी, तीन देखि आठ तहसम्मका कर्मचारी भर्ना गर्ने

बिजमाण्डू
२०७३ साउन ५ गते ००:०० | Jul 20, 2016
बाणिज्य बैंकले माग्यो करिब दुई सय कर्मचारी, तीन देखि आठ तहसम्मका कर्मचारी भर्ना गर्ने


काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले झण्डै दुई सय कर्मचारी भर्ना गर्ने भएको छ । गत वर्ष नै ९५ जना कर्मचारी भर्ना गर्न खोजेपनि अदालतमा मुद्दा परेको कारण स्थगित भएको थियो । गत वर्षकै प्रक्रियालाई निरन्तरता दिने गरि बैंक थप दरवन्दी समेत मिलाएर एक सय ९५ जना कर्मचारी भर्ना गर्न लागेको हो । 
 
गत वर्ष महिलाको उमेरका विषयमा अदालतमा मुद्दा परेको थियो । आवेदन दिने महिलाको उमेर ३५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था बैंकले गरेको थियो । उमेरको सीमा ४० वर्ष बनाउनु पर्ने भन्दै अदालतमा मुद्दा परेपछि प्रक्रिया रोकिएको थियो । बैंकले आवेदन दिने महिलाको उमेरको सीमा ४० वर्ष नै बनाएर विज्ञापन गरेको हो । 
बैंकले नियमावली संशोधन गरेर महिलाको उमेरको सीमा ४० वर्ष बनाएको बैंक व्यवस्थापनसम्वद्ध अधिकारीले बताएका छन् । नयाँ संविधान अनुसार बैंकले कर्मचारी भर्नाका लागि लोकसेवा आयोगबाट समेत अनुमति लिनुपर्छ । 
 
बैंकले गत वर्ष आवेदन दिइसकेको आवेदकहरुको फर्मलाई मान्यता दिने निर्णय पनि गरेको छ । गत वर्ष फर्म भरेको आवेदकले यस पटक पुनः फर्म भर्नुपर्दैन । 
 
तीन देखि आठ तहसम्मका लागि बैंकले खुला प्रतिस्पर्धाबाट कर्मचारी भर्ना गर्न लागेको हो । पुराना कर्मचारीले धमाधम अवकास पाएपछि नयाँ कर्मचार थप्न लागिएको बैंक व्यवस्थापनले जनाएको छ । बैंकमा वित्तीय सुधार कार्यक्रम लागु हुनु अघिका अधिकांस कर्मचारीले आगामी दुई वर्ष भित्र अवकास पाउँछन् । अहिले नै केही शाखाहरुमा कर्मचारी अभाव भइसकेको बैंक व्यवस्थापनका अधिकारीहरुले बताउँदै आएका छन् । 
 
तीन तहमा ७३ जना,  पाँचौ तहमा ४१ जना, छैटौं तहमा ७५ जना, सातौं तहमा पाँच जना र आठ तहमा एक जना कर्मचारी मागेको हो । विराटनगर, काठमाडौं, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढी क्षेत्रीय कार्यालय अन्तरगर्तका शाखामा काम गर्नुपर्ने सर्त सहित कर्मचारी भर्ना गर्न लागिएको हो । 
 
छैटौं तहमा आवेदन दिन व्यवस्थापन वा अर्थशास्त्रमा स्नातकोत्तर गरेको हुनुपर्ने छ भने तीन तहमा आवेदन दिन १२ कक्षा पास गरेको हुनुपर्छ । त्यस्तै पाँचौ तहमा आवेदन दिन स्नातक पास गरेको हुनुपर्छ । आगामी भदौ ३ गतेसम्म इच्छुक व्यक्तिले आवेदन दिन पाउने छन् । 
 
आर्थिक बर्ष २०७३/७४ मा दुई सय ८३ जना, आव २०७४/७५ मा पाँच सय ८४ जना र आव २०७५/७६ मा दुई सय ९९ जना उमेर हदवन्दि र अनिवार्य अवकासमा जाने भएका छन् । यो तथ्याङ्क हेर्दा अबको साँढे तीन बर्षमा ११ सय ६६ जना कर्मचारी अनिवार्य अवकासमा जान्छन् । आव २०७२र७३ मा करिव दुई सय ४४ जना कर्मचारीले अवकास पाएका  थिए । पाँचौ र छैटौं तहका कर्मचारी सबैभन्दा धेरै बाहिरिने छन् । कोर बैंकिङ समूहमा काम गर्ने कर्मचारीको संख्या कम हुनेछ । 

Tata
GBIME
Nepal Life

यो पनि पढ्नुस्:
तीन वर्षमा राष्ट्रिय वाणिज्य बैंकबाट बाहिरिदै छन् १५ सय कर्मचारी, बैंकमा जागिर खोज्नेलाई अवसर