लगानी बोर्डका नवनियुक्त कार्यकारी प्रमुख अधिकारीले गरे पदभार ग्रहण, पुर्वाधार प्राथमिकतामा

बिजमाण्डू
२०७३ असार १२ गते ००:०० | Jun 26, 2016
लगानी बोर्डका नवनियुक्त कार्यकारी प्रमुख अधिकारीले गरे पदभार ग्रहण, पुर्वाधार प्राथमिकतामा
काठमाडौं । लगानी बोर्डका नवनियुक्त कार्यकारी प्रमुख महाप्रसाद अधिकारीले ठूला पूर्वाधार परियोजनाको प्रवद्र्धनमा लाग्ने बताएका छन् । आइतबार पदभार ग्रहण गरेपछि कार्यालयमा आयोजित कार्यक्रम उनले पूर्वाधार आयोजनामा समय तालिकाका आधारमा अघि बढ्ने बताएका हुन् । 
 
बोर्ड स्थापना पछि सस्थागत संरचना र परियोजना विकासमा उल्लेख्य आधार तयार भएको बताउँदै उनले अब लगानी बोर्डले पुर्वाधार विकासका ठूला परियोजनाको विकासमा लाग्नु पर्ने जनाए। 
मन्त्री परिषद्ले उनलाई चार वर्षका लागि नियुक्त गरेको हो । यस अघि बोर्ड स्थापना कालदेखि राधेष पन्त कार्यकारी प्रमुख थिए । पन्तलाई गत सुक्रबार बोर्डले विदाई गरेको थियो । 
 
नवनियुक्त कार्यकारी प्रमुख अधिकारी नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर पदबाट अवकास प्राप्त हुन् । उनी बृहत अर्थशास्त्रका ज्ञाता मानिन्छन् । 
 

Tata
GBIME
Nepal Life