हिम इलेक्ट्रोनिक्सले महाराजगञ्जमा खोल्यो सामसङ डिजिटल प्लाजा, सामसङका सबै उत्पादन प्रदर्शनमा

बिजमाण्डू
२०७३ असार १२ गते ००:०० | Jun 26, 2016
हिम इलेक्ट्रोनिक्सले महाराजगञ्जमा खोल्यो सामसङ डिजिटल प्लाजा, सामसङका सबै उत्पादन प्रदर्शनमा


काठमाडौं । हिम इलेक्ट्रानिक्सले नारायण गोपाल चोक महाराजगञ्जमा सामसङ डिजिटल प्लाजा स्थापना गरेको छ। सामसङका टिभी, रेफ्रिजेटर, वासिङ मेशिन, माइक्रोवेभ ओभन तथा मोवाइल फोन यो प्लाजामा राखिएको छ। 
 
हिम इलेक्ट्रोनिक्स नेपाल लागि सामसङको आधिकारिक विक्रेता हो। समसङका उत्पादनहरुको बढ्दो मागलाई व्यवस्थित गर्न र ग्राहकलाई सर्वसुलभ तरिकाले सामसङका उत्पादन उपलब्ध गराउने उद्देश्यले सुविधा सम्पन्न डिजिटल प्लाजा स्थापना गरिएको हिम इलेक्ट्रोनिक्सले जनाएको छ। 

Tata
GBIME
Nepal Life


 

यो प्लाजामा सामसङका सबै उत्पादन प्रदर्शनमा राखिएका छन् । कम्पनीले दिएको जानकारी अनुसार कर्भ टिभी, एलईडी टिभी, रेफ्रिजेरेटर, वासिंग मेसिन, माइक्रोवेभ ओभन तथा मोबाइलफोन प्लाजामा छन् । 
 
काठमाडौँ उपत्यका भित्र आठ वटा र उपत्यका बाहिर चार वटा गररे हालसम्म १२ बटा सामसङ प्लाजा खुुलिसकेका छन् ।