सानिमा बैंकले पुँजी बजारका लगानीकर्तालाई डिपी सेवा दिने, सानिमा क्यापिटल सञ्चालन चाँडै

बिजमाण्डू
२०७३ असार १२ गते ००:०० | Jun 26, 2016
काठमाडौं । सानिमा बैंकले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडसँग डिपोजिटरी पार्टिसिपेन्ट (डिपी) सम्झौता गरेको छ । सम्झौतामा यस बंैकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्द र सिडिएस एण्ड क्लियरिङ्गका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देव प्रकाश गुप्ताले हस्ताक्षर गरे। 
यो सेवा अन्तर्गत पुँजी बजारका लगानीकर्ताले निकट भविष्यमै सानिमा बंैकको सहायक कम्पनी सानिमा क्यापिटलबाट डि–म्याट खाता खोल्न सक्नेछन्। सानिमा क्यापिटलले लगानीकर्ताहरुलाई स्टेटमेन्ट हेर्न मिल्ने गरि अनलाईन डिम्याट भ्यू सेवा प्रदान गर्नेछ । 
 
यो सेवा सानिमा बंैकका सबै शाखाबाट उपलब्ध गराउने योजना रहेको छ । हाल देश भरि बंैकका ४० वटा शाखा सञ्जाल छन् ।
 

Tata
GBIME
Nepal Life