इयुमा नरहँदा बेलायतलाई के फरक पर्छ

बिजमाण्डू
२०७३ असार १० गते ००:०० | Jun 24, 2016
इयुमा नरहँदा बेलायतलाई के फरक पर्छ

बेलायत युरोपियन युनियनबाट बाहिरिने वा रहने? जनमत संग्रहमार्फत शुक्रवार बेलायती नागरिकले फैसला दिएका छन्। र ५२ प्रतिशत जनताको लालमोहरसहित २८ देशको साझा संघ इयुबाट बेलायत बाहिरिने पक्का भएको छ। इयुबाट बेलायत बाहिरिने 'ब्रेक्जिट' प्रक्रियाले कहाँ के असर गर्छ?
 
सन् २०१५ मा भएको चुनावमा बेलायतका प्रधानमन्त्री डेविड क्यामरनले आफू फेरी चुनाव जितेर आए इयु मामिलामा जनमत संग्रह गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।
 
सन् १९९५ मा बेलायत इयुमा रहने पक्षमा गरिएको भोटपछि इयुमा बेलायतको नसुनिएको भन्दै उनकै पार्टी कन्जरभेटिभका सांसद तथा युके इन्डिपेन्डेन्ट पार्टीले लगातार उनी माथि प्रहार गर्दै आएका थिए।
 
युनियनको विपक्षमा तर्क राख्नेहरु भन्थे, त्यतिवेलादेखि अहिलेसम्म इयुमा धेरै परिवर्तन भएको छ र बेलायती नागरिकको जीवनमाथि इयुको धेरै नियन्त्रण छ। क्यामरनले तव भनेका थिए, अब समय आएको छ, बेलायती जनताको अवाज सुन्ने, बेलायती राजनीतीमा इयुको भूमिकाको विषयमा निर्णय लिने।
 
के हो युरोपियन युनियन
२८ राष्ट्रको संघ युरोपियन युनियन जसलाई छोटकरीमा इयु भनिन्छ। यो संघमा सदस्य देशहरुको आर्थिक र राजनीतिक सहभागिता छ। द्वितीय विश्वयुद्धपछि आर्थिक सहयोगलाई बढाउन युरोपीय संघ निर्माण गरिएको थियो।

Tata
GBIME
Nepal Life

यसपछिको सोच थियो, जो देश एक अर्कासँग व्यापार गर्छन उनीहरु एक अर्काविरुद्ध युद्ध गर्न हच्किन्छन। त्यसपछि अहिलेसम्म यो एउटा बजारका रुपमा विकसित भयो।

इयुको प्रावधानअनुसार सदस्य देशहरुवीच मानिस तथा सामानको विना रोकतोक यात्रा हुन थाल्यो। मानौं पूरै सदस् देश एक पूरा देश जस्तो भयो।
 
इयुको आफ्नो मुद्रा छ युरो, जो १९ सदस्य देश उपयोग गर्छन। इयुको आफ्नै संसद पनि छ।
 
इयुले पर्यावरण, परिवहन, उपभोक्ता अधिकार, मोवाइल फोनको मूल्य तय गर्ने अनेक क्षेत्रमा आफ्नो नियम बनाउँछ।
 
जनमत संग्रहमा दुइ वटा प्रश्न सोधिएको थियो। के बेलायत युरोपेली संघको सदस्य बनिरहनुपर्छ वा युरोपेली संघ छोडदिनुपर्छ ?

यसै सन्दर्भलाई जोडेर तयार गरियो ब्रेक्जिट शब्द। ब्रेक्जिट शब्दको अर्थ हो बेलायत छोड्छ दुइ शब्द मिलाएर एक शब्द बनाइयो र त्यसलाई ब्रेक्जिटका रुपमा प्रचार गरियो। यसपहिले ग्रिसले पनि इयु छोड्नुपर्छ भन्ने बहस हुँदा ग्रिक्सिट शब्द बनाइएको थियो।

जसले चाहन्छ बेलायतले इयु छाडोस्
बेलायतले इयु छाड्नुपर्छ भन्नेहरुको तर्क छ,  इयुले बेलायतलाई पछि तानिरहेको छ। उनीहरुका अनुसार इयु व्यापारका लागि अनेक शर्त राख्छ। र यसका लागि मेम्वर शुल्कका रुपमा अर्वौं पाउण्ड असुल गर्छ। तर बदलामा बेलायतले त्यसको फाइदा पाउँदैन्।
 
उनीहरु चाहन्छन्, बेलायतले आफ्नो सीमामा नियन्त्रण राख्नुपर्छ। र बेलायतमा काम वा बस्न आउनेको संख्या बढेको छ त्यसलाई घटाउनुपर्छ। इयु सदस्यताको एउटा मुख्य शर्त विना अवरोध यात्रा हो। यसको मतलव इयु सदस्य राष्ट्रको एक व्याक्ति अर्को देशमा जाँदा भिजा अनुमतिको आवश्यक पर्दैन्।
उनीहरु धेरै नजिकको संघ बनाउने विचारको विरोध गर्छन। उनीहरुलाई लाग्छ यो युनाइटेड स्टेट्स अफ युरोप बनाउने काम भैरहेको छ।
 
ओबामा पनि चाहन्थे बेलायत इयुमा रहोस्
बेलायती प्रधानमन्त्री डेविड क्यामरुन चाहन्थे बेलायत इयुमा रहोस्। उनको क्याविनेटका सबै १६ मन्त्री पनि यसैको पक्षमा थिए। तर कन्जभेटिव पार्टीले भने यो प्रचारमा निष्पक्ष रहने शपथ लिएको थियो। तर एसएनपी, प्लायड कमरी र लिबरल डेमोक्रेट्स सबै इयुमा रहनुपर्छ भन्ने पक्षमा थिए।

अमेरिकी राष्ट्रपति बराक ओबामा पनि बेलायत इयुमा रहनुपर्छ भन्ने चाहन्थे। इयुका ठूला राष्ट्र जर्मनी र फ्रान्स पनि यही चाहन्थे तर जनताले यी कसैको सुनेनन्। उनीहरुले फेसला दिए बेलायत अब इयुबाट बाहिरिनुपर्छ।

बाहिरिन कति समय लाग्छ?
अहिले धेरैको मनमा खेलेको प्रश्न यही हो। आखिर अब बेलायतलाई इयु छाड्न कति वर्ष लाग्छ। जानकारहरु इयुलाई पूरै विदा गर्न बेलायतलाई कम्तिमा पनि दुई वर्ष लाग्ने बताउँछन्। यो अवधिभर बेलायतले इयुले तय गरेका संधी र कानुनको पालना गर्नुपर्छ।

तर इयुका तर्फबाट लिनुपर्ने कुनै पनि निर्णय प्रक्रियामा भने बेलायतको हिस्सेदारी हुने छैन्। किनकि अब २७ देश रहने इयुसँग उसले पहिले नै विदड्रावल सम्झौता गरेको छ।

बीबीसीबाट साभार