युरोपबाट बेलायत टुक्रिएपछि नेपाली मुद्रा १.३४ रुपैयाँले कमजोर, डलर १०९ रुपैयाँ ३० पैसा नाघ्यो

बिजमाण्डू
२०७३ असार १० गते ००:०० | Jun 24, 2016
युरोपबाट बेलायत टुक्रिएपछि नेपाली मुद्रा १.३४ रुपैयाँले कमजोर, डलर १०९ रुपैयाँ ३० पैसा नाघ्यो


काठमाडौं । युरोपेली युनियनसँग वेलायत टुक्रिने नतिजा सार्वजनिक भएपछि नेपाली रुपैयाँको मूल्य घटेको छ । अमेरिकी डलरसँग पाउन्ड १० प्रतिशतले घटेर १९८५ यताकै कमजोर भएपछि यसको असर नेपाली बजारमा पनि देखिएको हो ।
 डलर बलियो हुँदा भारतीय मुद्रा कमजोर भएको छ । भारु एकैदिन ६६ पैसाले झर्दा नेपाली रुपैयाँको पनि भाउ घटेको हो । भारतीय मुद्रासँग नेपालको स्थिर विनिमय दर भएका कारण भारु कमजोर हुँदा नेपाली रुपैयाँको दाम पनि घट्छ ।
 
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अमेरिकी डलरको भाउ १०७ रुपैयाँ ९६ पैसा तोकेको थियो ।

Tata
GBIME
Nepal Life

तर बेलायती जनमत संग्रहको नतिजा सार्वजनिक हुँदा पाउन्ड घटेर डलरको भाउ बढेका कारण नेपाली रुपैयाँ पनि कमजोर भएको हो ।
 
नेपाली बाणिज्य बैंकहरुले डलरको बढेर कारोबार गर्न थालिसकेका छन् । नेपाल इन्भेष्टमेन्ट बैंकले एक डलरको मूल्य १०९ रुपैयाँ २० पैसा तोकेको छ ।

नबिल बैंकले १०९ रुपैयाँ ३० पैसा तोकेको छ । भारतीय स्वामित्वसमेत रहेको नेपाल एसबिआइ बैंकले भने ११ बजेसम्म एक डलरको भाउ १०७ रुपैयाँ ९० पैसा नै राखेको छ ।