मर्जर पार्टनर नभेटेपछि देव विकासले गर्‍यो ५० प्रतिशत हकप्रद दिने निर्णय, पुँजी ४२ करोड थपिने

बिजमाण्डू
२०७३ असार ९ गते ००:०० | Jun 23, 2016
काठमाडौं । देव विकास बैंकले ५० प्रतिशत हकप्रद सेयर दिने भएको छ । पुँजी बृद्धि गर्न मर्जरका लागि केही बैंक तथा वित्तीय संस्थासँग प्रयास गरे पनि बैंकले अन्तत:  हकप्रद दिने निर्णय गरेको हो ।
 
बैंकले दुई सेयर हुनेलाई एक हकप्रद सेयर दिने निर्णय गरेको हो । अहिले बैंकको चुक्ता पुँजी ८१ करोड ८० लाख रुपैयाँ छ । हकप्रदपछि पुँजी ४१ करोड ९० लाख रुपैयाँ थपिने छ ।
 
नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरको विकास बैंकले २०७४ असार मसान्तसम्म चुक्ता पुँजी दुई अर्ब ५० करोड पुर्‍याउन निर्देशन दिएको छ । त्यही अनुसार बैंकले हकप्रद निस्कासन गर्ने भएको हो ।
 
हकप्रद निस्कासन गर्ने निर्णयअघि बैंकले सेञ्चुरी बैंकसँग मर्जरका लागि कुराकानी गरेको थियो । त्यहाँ असफल भएपछि देवले हकप्रदको वाटो लिएको हो । 

Tata
GBIME
Nepal Life