किङ्गस् कलेजले ‘सामाजिक उद्यमशीलता’ अन्तर्राष्ट्रिय सम्मेलन गर्ने, ३०० भन्दा बढी सहभागी हुने

बिजमाण्डू
२०७३ असार ६ गते ००:०० | Jun 20, 2016
किङ्गस् कलेजले ‘सामाजिक उद्यमशीलता’ अन्तर्राष्ट्रिय सम्मेलन गर्ने, ३०० भन्दा बढी सहभागी हुने


काठमाडौं । किङ्गस् कलेजले हायात रेजेन्सी काठमाडौंमा सामाजिक उद्यमशीलता सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्ने भएको छ। सामाजिक उद्यम मार्फत नेपालमा पुन:निर्माण भन्ने विषयमा केन्द्रित उक्त सम्मेलन असार १६ र १७ गतेसम्म चल्ने भएको छ।

Tata
GBIME
Nepal Life

सम्मेलनमा गत साल बैशाख १२ गते गएको भूकम्पपछिको पुन: निर्माणमा सामाजिक उद्यमशीलताको भूमिकाबारे छलफल हुनेछ। कार्यक्रममा ३० वटा भन्दा बढी सामाजिक उद्यमीहरुको कथा प्रस्तुत हुनेछ। कार्यक्रममा विश्वभरीका सात विख्यात वक्ताहरुले प्रस्तुती गर्ने आयोजकले जानकारी दिएका छन्।  

नेपालमा र दक्षिण एसियामा सामाजिक उद्यमशीलता विकासमा संलग्न व्यक्ति तथा संस्थाहरुलाई एकै छानामा ल्याउनु कार्यक्रमको मुख्य उद्येश्य रहेको किङ्गस् कलेजका प्रिन्सिपल नरोत्तम अर्यालले बताए।

नेपालको परिपेक्षमा सामाजिक उद्यमशीलता नौलो विषय भएकाले सम्मेलनले यसलाई परिभाषित गर्नमा सहयोग पुर्‍याउने एप्पल इन्कका सिद्धार्थ राझन्सले विश्वास व्यक्त गरे। साथै यसले सामाजिक उद्यमशीलताको सफलता र असफलता दुवै पक्षबाट मुल्याकंन गर्नमा मद्दत पुर्‍याउने उनले बताए।

सम्मलेनमा तीन सय भन्दा बढी मानिसहरुको सहभागीता रहने आयोजकले अपेक्षा गरेका छन्।