दिब्यश्वरी हाइड्रोको साधारण सेयर १३ गते देखि, न्युनतम ५० कित्ता भर्न पाइने, फारम कहाँ बुझाउने?

बिजमाण्डू
२०७३ असार ६ गते ००:०० | Jun 20, 2016
दिब्यश्वरी हाइड्रोको साधारण सेयर १३ गते देखि, न्युनतम ५० कित्ता भर्न पाइने, फारम कहाँ बुझाउने?
काठमाडौं । दिब्यश्वरी हाइड्रोको साधारण सेयर असार १३ गते देखि निष्कासन हुने भएको छ । कम्पनीले तीन लाख ६८ हजार दुई सय ८० कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । लगानीकर्ताले असार १६ गतेसम्म आवेदन दिन पाउने छन् । 
 
कम्पनीले संखुवासभाको धुपु गाविसमा चार मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाबाट आगामी साउन १ गते देखि व्यवसायिक रुपमा विद्युत उत्पादन गर्ने लक्ष छ । आयोजनाको ९५ प्रतिसत भन्दा बढी काम सम्पन्न भएको जानकारी पनि कम्पनीले दिएको छ । 
सर्वसाधारण समूहको लागि छुट्याएको तीन लाख ९६ हजार कित्ता सेयर मध्ये सात हजार नौ सय २० कित्ता सेयर कर्मकारीका लागि र १९ हजार आठ सय कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाडफाँट गरिएको छ । आयोजना प्रभावित स्थानीय वासिन्दाका लागि १० प्रतिसत सेयर यस अघि नै वितरण भइसकेको छ । 
 
आयोजनामा ७५ प्रतिसत लगानी सस्थापक समूहको छ । यसमा सबै भन्दा धेरै लगानी वान ओ वान कम्पनी र वि जी हाइड्रो इन्भेष्टमेन्ट कम्पनीले गरेका छन् । 
 
सर्वसाधारण लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम एक हजार कित्तासम्म आवेदन दिन पाउनेछन् । एस क्यापिटल निष्कासन तथा बिक्री प्रबन्धक रहेको यो कम्पनीको सेयर किन्न एस क्यापिटल लिमिटेड लालदरबार, एस डेभलपमेन्ट बैंकका नक्साल, किर्तिपुर, चावहिल, न्युरोड, जावलाखेल, कौशलटार, वीरगञ्ज, चितवनको पर्सा र नारायणगढ, मोरङको उर्लाबारी, प्युठानको विजुवा बजार र संखुवासभाको खाँदबारीमा आवेदन बुझाउन सकिने छ । 
 
त्यस्तै त्रिवेणी विकास बैंकको इटहरी र विराटनगर शाखा, एक्सेल डेभलपमेन्ट बैंकको विर्तामोड शाखा, एभरेष्ट फाइनान्सको सिद्धार्थनगर शाखा, गरिमा विकास बैंकको महेन्द्रपुल शाखा, मालिका विकास बैंकको धनगढी र कञ्चनपुर शाखामा पनि आवेदन दिन सकिने छ । 
 

Tata
GBIME
Nepal Life